विशेष Archives | Page 162 of 241 | नेपालमाला

 

बाइडेनले उल्ट्याए ट्रम्पका निर्णय, आप्रवासी योजना सयदिनमै ल्याउने

वासिङ्टन: अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका निर्णय उल्ट्याउन थालेका छन् । पहिलो निर्णयको रुपमा उनले ट्रम्पले मुस्लिम मुलुकहरुबाट अमेरिका यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरिदिएका छन् । यस्तै पेरिस जलवायु परिवर्तन सम्झौतामा प्रतिवद्धता लगायत…

शनिबार २४० जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ८१९ नमुना परीक्षण गर्दा ८७ महिला र १५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २…

निर्वाचनबाट किन डराउने : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन…

संसद्‍ विघटन मुद्दाको टुंगो संवैधानिक इजलासबाट लगाउने निर्णय

काठमाडौं : सर्वोच्च अदालतमा बहस भइरहेको प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइ संवैधानिक इजलसमै हुने भएको छ। मुद्दाको सुनुवाइ संवैधानिक इजलसमा गर्ने कि वृहत् पूर्ण इजालसमा लैजाने भन्‍ने प्रश्नमा शुक्रबार भएको बहसपछि सर्वोच्च अदालतले संवैधानिक इजालसबाटै यसको टुंगो लगाउने निर्णय गरेको हो।…

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १९…

महाधिवेशन नभएसम्म पार्टी एकीकरण नै नभएको दाबी गर्दै निर्वाचन आयोगमा पत्राचार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले असम्बिन्धित व्यक्ति वा पार्टीबाट आएका निवेदन अभिलेखीकरण नगर्न निर्वाचन आयोगमा पत्राचार गरेका छन् । पुस २३ मा आयोगले पठाएको पत्रको जवाफ फर्काउँदै ओलीले आफू नै प्रथम अध्यक्ष भएको र प्रुमख…

प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमा’ : अर्को इजलास शुक्रबार

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको छ । संवैधानिक इजलास र बृहत् पूर्ण इजलाससम्बन्धमा भएको बहस आज पनि सकिएन । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ…

पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। २४ घण्टामा काठमाडौं उत्यकामा २४६ जना संक्रमित थपिएका छन्। जसमध्ये भक्तपुरमा १८, ललितपुरमा ३८, काठमाडौं १८९  संक्रमित थपिएका हुन्। यस्तै मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोना संक्रमितको…

पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  संक्रमित हुनेमा १७७ महिला र २५३ पुरुषमा संक्रमण देखिएको हो। यस्तै मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख…

प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गर्ने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडौं :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले आठ जना प्रदेशसभा सदस्यहरुलाई तीन महिनाका लागि निलम्बन गरेको छ । मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीन जना सांसदहरुलाई निलम्बन गरिएको हो । आइतबार…

पृथ्वी जयन्ती : माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म

काठमाडौ : २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइयो । सोही क्रममा सिंहदरबारको पश्चिम मूूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरियो । राष्ट्रिय पोशाक तथा आआफ्ना…

पछिल्लो २४ घन्टामा ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ३०९ नमूना परीक्षण गर्दा २९६ पुरुष र १९२ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १२९ महिला र १५८…

प्रदेश नं १ मा कोरोना सङक्रमित ३० हजार पुग्यो

विराटनगर : प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ३० हजार पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २७५ जनाको पिसिआर परीक्षण गरिएकामा चार महिला र ११ पुरुष गरी १५ जना सङ्क्रमित थपिएसँगै पोजिटिभको सङ्ख्या ३० हजार ११ पुगेको…

तेक्वान्दो खेलाडीलाई खेल सामग्री सहयोग

काठमाडौं : तेक्वान्दोका विभिन्न प्रशिक्षकहरुले चितवनका खेलाडीहरुका लागि खेल सामग्री सहयोग गरेका छन् । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव एवं युनाइटेड तेक्वान्दो डोजाङका प्रशिक्षक कुमार लामा घिसिङ, काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका कोषाध्यक्ष एवं सीतापाइला तेक्वान्दो डोजाङका प्रशिक्षक बब्लु शिवाकोटी, राष्ट्रिय…

देश कसरी जोगाउन सकिएला भन्ने चिन्तामा छौँ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश कसरी जोगाउन सक्रिन्छ भन्ने चिन्तामा आफू रहेको बताएका छन् । आइतबार २९९ औं जयन्ती तथा राष्ट्रि एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले यस्तो बताएका हुन् । ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै…

थप ३६२ जनामा कोरोना पुष्टि

काठमाडौँ : थप ३६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार ५२१ पुगेको छ । थप चार हजार २८६ को पिसिआर परीक्षण गरिएको थियो । योसँगै देशभर पिसिआर परीक्षण…

पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४८३ जना डिस्चार्ज भएका छन् भने चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख…