विशेष Archives | Page 147 of 241 | नेपालमाला

 

छोराका लागि खोप पाउन जब स्वास्थ्य सेवा प्रमुखको खुट्टा ढोग्न पुग्छिन एक आमा

नोयडा : अहिले छिमेकी मुलुक भारत कोरोना भाइरसको महामारीले निकै संकटमा परेको छ । भारतमा दैनिक साढे तीन लाखसम्म कोरोना संक्रमित बढिरहेका छन् भने मृत्यु हुनेको संख्या पनि दैनिक रुपमा बढिरहेको छ । यस्तोमा नोयडामा एउटा विक्षिप्त बनाउने एउटा तस्बिर…

पूर्व रानी कोमल शाह आइसियूमा : हाईफ्लो अक्सिजनको सपोर्ट

काठमाडौं : कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । ‘उहाँलाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो…

उपत्यकामा आजदेखि निषेधाज्ञा लागू : के–के गर्न पाइन्छ, के–के पाइँदैन ?

काठमाडौँ : काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो…

कोरोना सङ्क्रमण दर २२८ प्रतिशतले वृद्धि

काठमाडौँ :  नेपालमा कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको छ । नेपालमा अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक…

पछिल्लो २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट  ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । अधिकारीका अनुसार…

गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण

पोखरा : गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सांसदहरुको कोरोना परीक्षण भएको थियो। निषेधाज्ञा जारी भएको र कोरोना फैलिरहेको बेला पीसीआर परीक्षणबिना संसद चल्न नहुने भन्दै सत्तारुढ एमालेले मंगलबार संसद…

बजारका मास्क कुन बढी सुरक्षित ?

काठमाडौं : कोरोना महामारीको सुरु हुनुभन्दा पहिले पनि नेपालमा मास्कको प्रयोग राम्रै संख्यामा हुने गरेको थियो । तर त्यतिबेला मास्क ऐच्छिक थियो भने अहिले मास्कलाई बाध्यात्मक बनाइएको छ । अर्कोतर्फ त्यतिबेला मास्क केवल फोहोर रोक्ने तथा धुलोधुवाँ नियन्त्रणको लागि प्रयोग…

अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट

काठमाडौं : संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ । सहारा मरुभूमि वरिपरिका ६ देशको समूह (बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरिया) लाई साहेल क्षेत्र भनिन्छ । ती देशका २ करोड ८० लाख…

कलंकीलाई केन्द्रविन्दु बनाएर काठमाडौंमा भूकम्प

काठमाडौं : काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्पको धक्काले क्षति पुर्‍याएको छैन । २०७२ वैशाख १२…

भारतीयलाई नेपाल प्रवेशमा प्रतिबन्ध

धरान : सुनसरीमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सुनसरीको नेपाल–भारत सीमा क्षेत्रबाट भारतीय नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ। सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी भारतीयलाई नेपाल प्रवेशमा रोक लगाइएको हो। कोराना भाइरस नियन्त्रणका लागि सीमा क्षेत्रमा…

पछिल्लो २४ घण्टामा ४५ सय २४ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा ४५ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ जनाको पीसीआर परीक्षणमा ४३ सय ६४ र हजार ९ जनाको एन्टिजेन परीक्षणमा १६० गरेर ४५ सय २४…

नयाँ बसपार्कमा घर जाने यात्रुको भीड

काठमाडौँ : गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने…

काठमाडौं उपत्यकाको लकडाउन वैशाख ३१ गतेसम्म लम्बिने

काठमाडौं : उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।…

मंगलबारदेखि देशभरका स्कुल बन्द, भर्चुअल माध्यमबाट पढाइ

काठमाडौं : सरकारले मंगलबारदेखि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार देशभरका विद्यालय बन्द गरी बैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि बैशाखदेखि नयाँ शैक्षिक…

पछिल्लो २४ घण्टामा ३५५६ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा थप तीन हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षण र एन्टिजेन परीक्षणमा तीन हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो। १२ हजार…

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा

काठमाडौं : कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ। सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ।  निषेधाज्ञा अवधिभर…

उपत्यकामा होला लकडाउन ?

काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई…