विशेष Archives | Page 147 of 242 | नेपालमाला

 

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्ने

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने निर्णय गरेको छ। पार्टीसभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलेको कदमलाई विपक्षीहरू मिलेर असफल पार्ने निर्णय गरेको हो। विश्‍वासको मत लिने ओलीको…

पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु, ७६६० संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ५५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको ५५  जनाको मृत्यु भएको हो । यसैगरी ७ हजार ६६० जना संक्रमित थपिएका…

राष्ट्रपतिबाट सात अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार एकै दिन सात वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीबाट एकै दिन सात अध्यादेश जारी भएको राष्ट्रपति कार्यालय शीतल निवासका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार संविधानको धारा…

उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ सम्म लम्बियो, पसल बिहान मात्रै खोल्न पाइने

काठमाडौँ : वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकले निर्णय गरेको छ । मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको ललितपुरका सहायक सीडीयो ललितकुमार बस्नेतले बताए । यसअघि तीनै जिल्लाका सीडीओले एक साता…

कोरोनासँग लड्न दिल्ली सरकारले माग्यो सेनाको सहयोग

काठमाडौं : कोरोना संक्रमणको महामारीसँग लड्न भारतको नयाँदिल्ली सरकारले सेनाको सहयोग मागेको छ । कोभिड केयर सुविधा र आइसियू युनिट्स सन्चालनका लागि दिल्ली सरकारले सेनाको सहयोग मागेको हो । सेनाको सहयोग माग्दै दिल्ली सरकारले रक्षा मन्त्रालयमा पत्र पठाएको भारतीय मिडियाहरुले…

भरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

चितवन :  भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो…

पछिल्लो २४ घण्टामा सात हजार ४४८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार…

गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख : आजै सपथ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा…

फन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रन्टलाइनमा खटिने कर्मचारीलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई…

नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गर्छौं : प्रधानमन्त्री

 काठमाडौं : अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने भएको छ । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको…

बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग सातामा दुई उडान

काठमाडौं : नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२…

प्रधानमन्त्रीले पाउलान् विश्वासको मत ? यस्ताे छ अंकगणित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विहान नेकपा एमालेमा आफ्नो पक्षको स्थायी कमिटीको बैठक बोलाए, लगतै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे । दिउँसो मन्त्रिपरिषद् बैठक बोलाए र, फेरि राष्ट्रपति निवास पुगे । दौडधुपको निष्कर्षका रुपमा राष्ट्रपति कार्यालयबाट साँझ वक्तव्य आयोः– प्रधानमन्त्रीले…

लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले लिए शपथ

बुटवल : आइतबार बिहान राजीनामा गरेर दिउँसो पुनः नियुक्ति पाएका लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । भर्खरै पोखरेलले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी सांसदले…

कोरोना संक्रमितको संख्या हालसम्मकै सर्वाधिक, पछिल्लो २४ घण्टामा ७ हजार २११ मा पुष्टि

काठमाडौं : नेपालमा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गइरहेको छ। पछिल्लो २४ घन्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो हालसम्मकै उच्च हो। संक्रमित हुनेमा २८ सय ६४ महिला र ४२ सय ७३…

लुम्बिनीमा पोखरेललाई नै अघि सारिँदै

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको सत्तापक्षका…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गरे । विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि…

पछिल्लो २४ घण्टामा ५७ सय ६३ कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । यो अवधिमा १२ सय ८७ जना भने डिस्चार्ज भएका…