काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् । शुभकामना सन्देशमा सभापति देउवाले भनेका छन्,‘हाम्रा दुई राष्ट्रबीचको मित्रताको सम्बन्ध अझै मजबुत हुँदै जाओस्,र हाम्रा दुवै देशले समृद्धि र नयाँ उचाइ हासिल गरोस्।’
आज अगस्ट १५ मा भातमा स्वतन्त्रता दिवस मनाइँदैछ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ११ औं पटक लाल किल्लामा राष्ट्रिय झन्डा फहराउने छन् । ७८ औँ स्वतन्त्रता दिवसको नारा विकसित भारत हो। यसअन्तर्गत स्वतन्त्रताको सय वर्षमा भारतलाई सन् २०४७ सम्ममा विकसित राष्ट्र बनाउने लक्ष्य राखिएको छ ।
सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउदै आएको छ।