राजनीति Archives | Page 35 of 43 | नेपालमाला

 

राजतन्त्रको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन : फर्किएला त राजतन्त्र ?

काठमाडौं : राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले सोमबार गरेको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लेकार्ड बोकेर विभिन्न नारा समेत लगाएका छन्। हातमा राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनमा…

सरकार परिवर्तन निराधार : परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्नेमा नभएको बताउनुभएको छ । उहाँले वर्ष–वर्षदिनमा सरकार फेर्न बानी परेकाहरुलाई सरकार फेर्न छट्पटी भएको उल्लेख गर्दै यो खेलमा लागेर जनतालाई पीडा नदिन आग्रहसमेत गर्नुभयो । सत्यवती गाउँपालिकाको…

नेकपा विभाजन हुँदैन : उपाध्यक्ष गौतम

तुलसीपुर : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो । “म कुनै गुटमा छैन, म…

नेकपा सचिवालय बैठक : मङ्सिर ३ गते पुनः बस्ने

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आजको सचिवालय बैठक आगामी मङ्सिर ३ गते बस्ने गरी सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो । पछिल्ला दिनमा पार्टीको शीर्ष तहमा उत्पन्न विवादबारे छलफल गर्न आयोजित बैठक आज संक्षिप्तरुपमा…

नेकपा सचिवालय बैठक आज : बहुमतकै खोजीमा ओली र दाहाल

काठमाडौं : दुई अध्यक्षबीच निकै रस्साकस्सीपछि सत्तासीन दल नेकपाको सचिवालय बैठक शुक्रबार (आज) बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले बैठक आह्वान गरेका हुन्। बैठकको पूर्वसन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिस्वरूप आन्तरिक…

वामदेवलाई काम गर्न बाटो खुला

काठमाडौँ : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा संवैधानिक काम गर्न बाटो खुलेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले आज नेता…

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यस अघि कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य…

कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग

काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्र्रियाका सहभागी कांग्रेस महिला केन्द्रीय सदस्यहरुले कांग्रेसको केन्द्रदेखि वडा…

कांग्रेस नेता केसीको निधन

गण्डकी : नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । केही समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा सोमबार राति निजी निवासमा निधन भएको नेपाली कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले…

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस…

कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन रोकियो

काठमाडौं : कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको स्रोतले जनाएको छ ।…

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचार गर्न नेविसंघको माग

काठमाडौँ : नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा निर्घात कुटपिट भएको…

स्थापना दिवसमा तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : नेपाल तरुण दलले कोरोना रोकथाम तथा नियन्त्रणको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  तरुण दलले आफ्नो ६८ औँ स्थापना दिवसका अवसरमा शुक्रवार एक कार्यक्रमकाबीच त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।…

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार : महाधिवेशनका विषयमा केन्द्रित हुने

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ। पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय…

कांग्रेसले यो वर्ष चियापान नगर्ने

काठमाडौं : नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस वर्ष स्थगित गरेको छ । कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ०३३…

काँग्रेसका सबै सांसदले दशैँभत्ता फिर्ता गर्ने

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ । काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र…

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको छ । कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको…