काठमाडौं : नेपाल तरुण दलले कोरोना रोकथाम तथा नियन्त्रणको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले आफ्नो ६८ औँ स्थापना दिवसका अवसरमा शुक्रवार एक कार्यक्रमकाबीच त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
तरुण दल ४ हजार थान मास्क, ३० थान पीपीई सेट र ५२ थान फेस शिल्ड तरुण दल केन्द्रीय समितिद्वारा हस्तान्तरण गरिएको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।
‘अहिले कोभिड–१९ कोरोना भाईरसको जोखिम दिन प्रति दिन बढिरहँदा यो अवस्थामा पनि अग्रपंङ्तिमा रहेर स्वास्थ्यकर्मी साथीहरुले काम गरिहनुभएको छ । जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ’, अध्यक्ष जितजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त स्वास्थ्य सामग्री नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएको अध्यक्ष बस्नेतले बताए । साथै अध्यक्ष बस्नेतले स्वास्थ सामाग्री उपलब्ध गराएकोमा भण्डारी र खानलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।
तरुण दलले यसअघि पनि विभिन्न अवसरमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरणलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपालमाला
