काठमाडौं : नेपाल उसु महासंघले आफ्ना उपाध्यक्ष दीपक लामाका पुजनीय पिता भीमबहादुर लामाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पाछिरिङ लामाले मंगलबार नुवाकोटस्थित निवासमै पुगेर परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

महासंघका अध्यक्ष तामाङले भीमबहादुर लामाको निधनले मर्माहत तुल्याएको बताउँदै परिवारजनमा समवेदना प्रकट गरे । उनले विपद्को दुखद् घडीमा सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरे ।
नुवाकोटको बेलकोटगढीस्थित लामाको निवासमा उसु महासंघका अध्यक्ष तामाङसहित महासचिव लाक्पाछिरिङ लामा, केन्द्रीय सदस्यद्वय साम्देन शेर्पा र रामहरि त्रिपाठी पुगेर समवेदना प्रकट गरेका थिए ।
लामो समयदेखि दम रोगबाट पीडित भीमबहादुर लामाको यही मंसिर १९ गते ७२ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।


नेपालमाला
