लडाकुको नाममा आएको १९ अर्बको हिसाबकिताब खोजिने छ : टोपबहादुर रायमाझी

बुटवल : नेकपाका स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले जनयुद्धकालको १९ अर्बको हिसावकिताव खोजिने बताएका छन् । बुटवलमा पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले त्यो रकम रकम कहाँ गयो भनेर प्रचण्डले जबाफ दिनुपर्ने दाबी गरेका छन्।

उर्जामन्त्री रायमाझीले जनयुद्धकालसँगै मुलधारको राजनीतिमा आएपछिको धेरै हिसाबकिताबसमेत गर्न बाँकी रहेको बताउँदै त्यसको सम्पूर्ण विवरण प्रचण्डले दिनुपर्ने बताए। ‘हामी अहिले वैचारिक र राजनीतिक संघर्षमा छौं।

त्यसैले १९ हजार लडाकु कार्यकर्ताको नाम राखेर ल्याएको पैसा कहाँ गयो रु अब १९ अर्बको हिसाबकिताब प्रचण्डले देखाउनु पर्छ’, उनले भने, ‘पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो रु, पार्टीभित्रै मिलाउनु पर्दैन। पद, शक्तिका लागि सडकमा जाने कामले राजनीतिक बेइमानीलाई धाकछोप गर्ने प्रयास मात्र भइरहेको छ’। उनले भने।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments