समाचार Archives | Page 67 of 122 | नेपालमाला

 

थप १०७ मा कोरोना भाइरस सङ्क्रमण

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २५४ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय…

मुख्यमन्त्री शाहीप्रतिको समर्थन : एकातिर फिर्ता, अर्कोतिर कायमै

कर्णाली : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको निर्णय गरेको छ । कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलसहित १० प्रदेशसभा सदस्य सम्मिलित बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसङ्घको माग

काठमाडौँ  : नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल…

२७ सय ८१ स्वाब परीक्षण गर्दा ९४ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घन्टामा २७ सय ८१ स्वाब परीक्षण गराउँदा ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घन्टामा थप ५५…

दिनसम्म चट्याङसहित सामान्य वर्षा हुने

काठमाडौं : आगामी दिन दिनसम्म देशका केही ठाउँमा हावा हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको पनि प्रभाव परेको र त्यसले गर्दा मौसममा बदली आएको महाशाखाले जनाएको छ ।महाशाखाका…

मंगलबार ११४ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २७९० मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई…

कांग्रेसले राष्ट्रिय शिक्षा नीति बारे सातै प्रदेशमा छलफल चलाउने

काठमाडौँ : नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई…

बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद

वीरेन्द्रनगर : बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।…

पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र…

ओलीको निर्णयलाई वैधता नदिन निर्वाचन आयोगसँग नेपाल–खनालको माग

काठमाडौं : नेकपा एमालेभित्रको विवाद निर्वाचन आयोगसम्म पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित उनी पक्षीय पदाधिकारी र स्थायी कमिटी सदस्यहरु आयोग पुगेका हुन्…

पछिल्लो २४ घन्टामा थप ४८ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। योसहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ। २४ घन्टामा २५ सय १२ स्वाब नमूना परीक्षण गराउँदा ४८ जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै…

माधव नेपालहरुले कि एमाले कब्जा गर्छन् कि विद्रोह : प्रचण्ड

बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् । संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए । तर सर्वोच्च अदालतले नेकपा…

को–को बने एमालेका नयाँ केन्द्रीय सदस्य ?

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका २२ नेतालाई एमाले केन्द्रीय सदस्य बनाएका छन् । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ सहितका २२ नेतालाई ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय समिति…

महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा भक्तजनको भीड

काठमाडौँ : महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति…

गङ्गामाया अधिकारीको जीवन रक्षाको माग

काठमाडौँ :   मानवअधिकारकर्मीले अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गरेका छन् । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको र सो कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै गङ्गामाया वीरअस्पतालमा अनशनरत हुनुहुन्छ । उहाँको जीवन रक्षाको लागि मानवअधिकारवादीले आज यहाँ पत्रकार सम्मेलन…

एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

भक्तपुर : विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने…

पछिल्लो २४ घण्टामा थप ५९ मा सङ्क्रमण पुष्टि

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा ५९ मा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ७१५ को स्वास्थ्य परीक्षण गर्दा २५ महिला र ३४ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।…