काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई अध्यक्ष केपी ओलीले फुटाएको आरोप लगाएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन्। अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणबा नतर्सिएको भन्दै…
कांग्रेस पदाधिकारीको बैठक बस्दै
काठमाडौं : कांग्रेस पदाधिकारीको बैठक सोमबार बस्दैछ। पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुनेछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापतिको निर्देशनअनुसार सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने तय…
पछिल्लो २४ घन्टामा ७७ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा थप १०६ जनाले स्वास्थ्य लाभ गरेका छन्।…
मस्र्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते
लमजुङ : लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी…
आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने
काठमाडौं : आज पनि मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदलिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ । दिउँसोतिर केही ठाउँमा मेघ गर्जन र चट्याङसहित…
समानुपातिक सांसद हटाउन सक्ने अधिकार ओलीलाई
काठमाडौं : नेकपा (एमाले)ले समानुपातिक सांसद राख्न र हटाउने सक्ने अधिकार पार्टी अध्यक्षलाई दिएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो। बैठकमा प्रस्तुत अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा भएको…
आइतबारसम्म चट्याङसहित पानी पर्ने
काठमाडौं : देशमा मौसम बदली कायमै रहेको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण देशका केही भागको मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना…
थप १०७ मा कोरोना भाइरस सङ्क्रमण
काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २५४ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय…
मुख्यमन्त्री शाहीप्रतिको समर्थन : एकातिर फिर्ता, अर्कोतिर कायमै
कर्णाली : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको निर्णय गरेको छ । कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलसहित १० प्रदेशसभा सदस्य सम्मिलित बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसङ्घको माग
काठमाडौँ : नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल…
२७ सय ८१ स्वाब परीक्षण गर्दा ९४ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घन्टामा २७ सय ८१ स्वाब परीक्षण गराउँदा ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घन्टामा थप ५५…
दिनसम्म चट्याङसहित सामान्य वर्षा हुने
काठमाडौं : आगामी दिन दिनसम्म देशका केही ठाउँमा हावा हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको पनि प्रभाव परेको र त्यसले गर्दा मौसममा बदली आएको महाशाखाले जनाएको छ ।महाशाखाका…
मंगलबार ११४ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं : नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २७९० मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई…
कांग्रेसले राष्ट्रिय शिक्षा नीति बारे सातै प्रदेशमा छलफल चलाउने
काठमाडौँ : नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई…
बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद
वीरेन्द्रनगर : बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।…
पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ : आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र…
ओलीको निर्णयलाई वैधता नदिन निर्वाचन आयोगसँग नेपाल–खनालको माग
काठमाडौं : नेकपा एमालेभित्रको विवाद निर्वाचन आयोगसम्म पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित उनी पक्षीय पदाधिकारी र स्थायी कमिटी सदस्यहरु आयोग पुगेका हुन्…
