काठमाडौँ : कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की,…
कस्तो रहला आजको मौसम ?
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम कस्तो रहन्छ भन्ने पूर्वानुमानबारे जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त…
कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा
काठमाडौं : कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२…
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एकै दिन ४ हजार नाघ्यो
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये ३०८३ काठमाडौँका, ३७४ भक्तपुरका ३७४ र ६४३ ललितपुरका…
दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए…
अक्सिजन नपाएर भक्तपुरका दुई कोरोना सङ्क्रमितको मृत्यु
भक्तपुर : अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले…
पण्डितको पिरलो
पोखरा : कोभिड –१९ का कारण जारी निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित भएका छन् । स्वास्थ्य सतर्कतासहित कर्म गर्ने वातावरण मिलाइदिन संस्कृति युवा मञ्च नेपालले प्रशासनसमक्ष आग्रह गरेको छ । मञ्चका अध्यक्ष हरिशरण पौडेलले हिन्दू धर्मसंस्कारअनुसार जन्मदेखि…
वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं : वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। बिहीबार बसुन्धारास्थित न्यूरो अस्पतालमा प्रधानको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानको निधन भएको गायक दिनेश अधिकारीले जानकारी दिए। ‘स्तब्ध छु। कसरी भन्नु नेपाली संगीतको हाम्रो गौरव प्रेमध्वज…
उपत्यकामा मात्र ३२ हजार बढी सक्रिय संक्रमित
काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र ३२ हजार बढी सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार तीन जिल्लामा सक्रिय संक्रमितको संख्या ३२ हजार ४२२ पुगेको छ।…
ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक केहि समयभित्रै सुरु हुन लागेको बालुवाटार स्रोतले जनाएको छ। बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गते लिने…
विवाहमा दुईवटा गाडी र १५ जना जन्ती मात्रै लैजान पाइने
काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने बताएको छ । त्यसका लागि प्रशासन कार्यालयबाट अनुमति पनि लिनुनपर्ने भएको छ । प्रशासन कार्यालयले दोस्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञाको…
नेपालगञ्ज मेडिकल कलेजले अब कोरोनाका थप बिरामी भर्ना नलिने
काठमाडौं : बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ । नेपाल मेडिकल कलेजले…
काठमाडौं उपत्यकामा संक्रमितको शव व्यवस्थापनका लागि नयाँ ठाउँ खोजी गरिँदै
काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्ने थप स्थान खोज्ने निर्णय गरेको छ । गृह मन्त्रालय मातहत रहेको कोभिड–१९ व्यवस्थापन, समन्वय तथा सहजीकरणका लागि बनेको समितिले शव व्यवस्थापनका लागि नयाँ स्थान पहिचानका लागि…
माओवादीले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद सचिवालयमा बुझाउँदै छ । मंगलबारको स्थायी कमिटी बैठकबाट गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी…
सांसदहरुको पीसीआर परीक्षण गरिँदै
काठमाडौं : विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्दै छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण आज गर्न लागिएको हो । भोलि संघीय संसद रहेको…
गाउँ फर्किन स्थानीय तहको सिफारिस अनिवार्य
काठमाडौं : काठमाडौं उपत्यकाबाट गाउँ फर्किन अब सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिस माग गर्ने निर्णय गरेको हो । सम्बन्धित स्थानीय…
काठमाडौं उपत्यकामा ३८९३ कोरोना संक्रमित थपिए
काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो…
