काठमाडौं : कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि…
प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वास प्रस्ताव : माओवादी
काठमाडौं : नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्याउने निर्णय गरेको हो । माओवादीका…
माधव नेपालको १३ बुँदे अपिल : के–के छन् अपिलमा ?
काठमाडौँ: नेकपा एमालेका नेता माधवकुमार नेपालले कोरोनाविरुद्धको खोप खरिदमा कमिसन नमिलेका कारण खोप ल्याउन नदिनु मानवताविरोधी अपराध भएको भन्दै सरकारले त्यस्ता पक्षलाई कानूनी दायरामा ल्याएर तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । देशमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि सामाजिक तथा…
कोरोना संक्रमित सांसदहरुले संसद भवनमै मत दिन पाउने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन भोलि सोमबार बोलाइएको छ । संसद अधिवेशनअघि गरिएको परीक्षणमा २६…
काठमाडौं उपत्यकामा थपिए ४ हजार १९८ जना कोरोना संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा देशभर…
स्वास्थ्य मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन ग्यास बिक्री गर्न पाइने
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ । मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी…
बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु
राँझा : बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले…
६३ जिल्लामा निषेधाज्ञा
काठमाडौँ : कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की,…
कस्तो रहला आजको मौसम ?
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम कस्तो रहन्छ भन्ने पूर्वानुमानबारे जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त…
कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा
काठमाडौं : कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२…
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एकै दिन ४ हजार नाघ्यो
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये ३०८३ काठमाडौँका, ३७४ भक्तपुरका ३७४ र ६४३ ललितपुरका…
दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए…
अक्सिजन नपाएर भक्तपुरका दुई कोरोना सङ्क्रमितको मृत्यु
भक्तपुर : अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले…
पण्डितको पिरलो
पोखरा : कोभिड –१९ का कारण जारी निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित भएका छन् । स्वास्थ्य सतर्कतासहित कर्म गर्ने वातावरण मिलाइदिन संस्कृति युवा मञ्च नेपालले प्रशासनसमक्ष आग्रह गरेको छ । मञ्चका अध्यक्ष हरिशरण पौडेलले हिन्दू धर्मसंस्कारअनुसार जन्मदेखि…
वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं : वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। बिहीबार बसुन्धारास्थित न्यूरो अस्पतालमा प्रधानको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानको निधन भएको गायक दिनेश अधिकारीले जानकारी दिए। ‘स्तब्ध छु। कसरी भन्नु नेपाली संगीतको हाम्रो गौरव प्रेमध्वज…
उपत्यकामा मात्र ३२ हजार बढी सक्रिय संक्रमित
काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र ३२ हजार बढी सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार तीन जिल्लामा सक्रिय संक्रमितको संख्या ३२ हजार ४२२ पुगेको छ।…
ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक केहि समयभित्रै सुरु हुन लागेको बालुवाटार स्रोतले जनाएको छ। बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गते लिने…
