समाचार Archives | Page 62 of 122 | नेपालमाला

 

चीनबाट २० हजार सिलिन्डर आउँदै

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को…

कर्णालीमा थप पाँच सङ्क्रमितको मृत्यु

कर्णाली : कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय…

धनुषा, कञ्चनपुर, हुम्ला र नवलपुरमा निशेधाज्ञा

जनकपुरधाम : कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ३१ गतेसम्मका…

निषेधाज्ञा थप कडा बनाउने प्रधानमन्त्रीकाे घोषणा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको  र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए…

धनगढीमा कोरोनाबाट थप चारको मृत्यु

धनगढी : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला छन् । ती पुरुषको आज बिहान…

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो । आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र…

कोरोनाका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित

काठमाडौँ : नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ ।…

भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द हुने

काठमाडौं : सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी…

वैशाख २७ गतेका लागि संसद्‍ अधिवेशन आह्वान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले वैशाख २७ गते सोमबार दिउँसो १…

एकै दिन ६२३ बालबालिकामा कोरोना संक्रमण

काठमाडौँ : पछिल्लो २४ घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ वर्ष मुनिका १६६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४५७ बालबालिका गरी ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार मा‍त्रै…

काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ५९५ जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो…

प्रधानमन्‍त्री ओलीले विश्‍वासको मत लिने

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत लिने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार वसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएको स्रोतले बतायो। मन्त्रिपरिषद् बैठक वालुवाटारमा जारी छ। वैशाख २७ गते संसदबाट विश्वासको मत…

लुम्बिनीका मुख्यमन्‍त्री फेरि अल्पमतमा : एक सांसदको राजीनामा, दुईले छाडे साथ

बुटवल : लुम्बिनी प्रदेश सभाका एकजना सांसदले सभामुखलाई राजीनामा बुझाएका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेयले राजीनामा दिएका हुन् । त्यसैगरी सूर्य चिन्हमै चुनाव जितेका कपिलवस्तु क्षेत्र नम्बर २ (ख) त धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले  मुख्यमन्त्री शंकर पोखरेलको…

कोरोना कहर : २९ जिल्लामा निषेधाज्ञा

काठमाडौँ : कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आज आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा आज राति…

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ :  तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ । मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका…

आगामी दिन तीनसम्म कस्तो रहनेछ मौसम ?

काठमाडौं : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आइतबार बिहानैदेखि काठमाडौं उपत्यका एवं पूर्वी नेपालको १ नं प्रदेशमा मौसम बदली भएको छ । मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका…

सीसीएमसीको सिफारिसपछि हवाइ उडान स्थगित होला ?

काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो । सीसीएमसी स्रोतकाअनुसार सीसीएमसीका निर्देशक…