समाचार Archives | Page 59 of 122 | नेपालमाला

 

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोक : जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो । कारोना सङ्क्रमणको…

७४ जिल्लामा निषेधाज्ञा, ३ जिल्ला मात्र खुला

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् । कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको…

जसपाका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं:  सर्वोच्च अदालतले जनता समाजवादी पार्टीबाट बर्खास्त भएका लुम्बिनी प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने आदेश दिएको छ। सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै यथास्थितिमा राख्न आदेश…

काठमाडौं उपत्यकामा तीन हजार ९८ कोरोना संक्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोरोना भाइरस…

एमालेमा विवाद मिलाउन कार्यदल

काठमाडौँ  :  सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आज भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा…

काठमाडौं उपत्यकामा २,६०९ जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस…

कोरोनाको दुवै डोज खोप लगाएपछि मास्कबाट मुक्ति पाइन्छ त ?

 काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट जोगिने सबैभन्दा महत्वपूर्ण उपाय भनेकै नाक र मुख छोप्ने गरी मास्क लगाउनु नै हो । तर, कोरोना भाइरस विरुद्धका खोपका दुवै डोज लगाएपछि समेत मास्क हटाउन नमिल्ने भनेर विज्ञ तथा अधिकारीले यसअघि बताउँदै आएका थिए…

कर्णाली प्रदेश अस्पतालले थप संक्रमित भर्ना नलिने

सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप कोरोनाका बिरामी भर्ना नलिने बताएको छ । प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभाव हुँदा शनिबारदेखि कारोनाका थप नयाँ बिरामी भर्ना लिन नसकिने जनाएको हो। नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको…

 सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

कर्णाली : कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका…

काठमाडौं उपत्यकामा ३,३४९ जनामा कोरोना संक्रमण

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २  हजार ४ सय ५८ जना, भक्तपुरमा ३३५ जना र ललितपुरमा ५५६ जना कोरोना संक्रमित भेटिएका छन्…

पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं : पूर्वरानी कोमल शाह कोरोनामुक्त भएकी छन् । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह शुक्रबार अपरान्ह ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । संक्रमण देखिएसँगै २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित तीनै…

पुरानालाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबीनेटमा रहेका सबै मन्त्रीलाई पुन: नियुक्ति गरेका छन्। प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा…

सरकारको लापरवाहीले ज्यान गुमाउनेको संख्या बढ्यो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापरवाहीका कारण कोरोना संक्रमणबाट ज्याउन गुमाउनेहरुको संख्या बढिरहेको बताएका छन् । इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘ईद उल फित्र’ का अवसरमा एक शुभकामना व्यक्त गर्दै देउवाले सरकारको असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै…

चीनको सिनोभ्याक खोप निकै प्रभावकारी : अध्ययन

काठमाडौं : चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले विकास गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अहिले इन्डोनेशियाका स्वास्थ्यकर्मीहरूले लगाइरहेका छन् । उनीहरूमा केही विवादसमेत देखिए पनि चिनियाँ खोपबारे क्लिनिकल परीक्षणको तुलनामा निकै राम्रो नतिजा देखिएको छ । यसले चिनियाँ खोपको पर्खाइमा रहेका…

कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौँ :  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पु¥याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा…

उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव   

काठमाडौं  :  उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गर्नुभएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीको बैठकमा कोभिड संकट व्यवस्थापन…

उपप्रधानमन्त्री र अमेरिकी राजदूतबीच संवाद : अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि कुटनीतिक पहल तीव्र गर्नुभएको छ । यसैक्रममा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने…