अन्तर्राष्ट्रिय Archives | Page 3 of 36 | नेपालमाला

 

बंगलादेशमा फेरि भड्कियो हिंसा

काठमाडौं : बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसा सुरु भएको छ । सरकारी जागिरमा आरक्षणको व्यवस्था हटाउनुपर्ने मागसहित विद्यार्थीहरूले प्रदर्शन गर्दा २०० भन्दा बढीको मृत्यु भइसकेको छ । पाकिस्तानविरुद्ध स्वतन्त्रताको लडाइँ लडेकाका परिवारलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्थालाई सर्वोच्च…

आइतबार इतिहासकै गर्मी दिन, टुट्यो ८४ वर्ष पुरानो रेकर्ड

काठमाडौं : गत आइतबार अर्थात् जुलाई २१, २०२४ पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा रह्यो । कपर्निकल क्लाइमेट चेन्ज (c3s) सर्भिसका अनुसार आइतबार विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन भएको थियो । यसले सन् १९४० देखि अहिलेसम्मका सबै रेकर्ड…

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडौं : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए ।…

म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिग उपाधि

काठमाडौं : म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल…

किर्गिस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं : सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल…

कति छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति ?

नयाँ दिल्ली :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड भारतीय रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो । प्रधानमन्त्री मोदीले १४ मे मा आफ्नो संसदीय सीट वाराणसीबाट आफ्नो चुनावी उम्मेदवारी दर्ता…

मुम्बईमा भीषण आँधी : होर्डिङबोर्ड ढलेर १४ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

नयाँ दिल्ली : मुम्बईको घाटकोपर क्षेत्रमा होर्डिङबोर्ड ढलेर १४ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते  भएका छन् । सोमबार साँझ मुम्बईमा अचानक धुलोले भरिएको आँधी आयो र वर्षा भयो जसका कारण शहरका धेरै ठाउँका होर्डिङबोर्ड खसेको थियो।…

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका संसारकै पहिलो व्यक्तिको निधन

आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको अन्ततः मृत्यु भएको छ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि उनको मृत्यु भएको हो । ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालमा मिर्गौला प्रत्यारोपण…

थप महंगियो अष्ट्रेलिया अध्ययन, विद्यार्थीले देखाउनुपर्ने बचतमा वृद्धि

काठमाडौं : अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अष्ट्रेलियाले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम पनि बढाएको हो । शुक्रबार १० मे देखि…

ब्राजिल बाढी : ७५ जनाको मृत्यु, ८८ हजार जना घरबारविहीन

काठमाडौं : ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका…

इजरायलमा नेपाली सुरक्षित छन् : दूतावास

काठमाडौं : इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो ।…

भाजपाद्वारा लोकसभा चुनावका लागि घोषणापत्र जारी

नयाँ दिल्ली : भारतीय जनता पार्टी (भाजपा) ले २०२४ को लोकसभा चुनावका लागि घोषणापत्र जारी गरेको छ। पार्टीले घोषणापत्रको नाम ‘मोदीको ग्यारेन्टी सङ्कल्प पत्र’ राखेको छ । भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह र…

ओलम्पिक विजेतालाई विश्व एथलेटिक्सको नगद पुरस्कार

लन्डन : विश्व एथलेटिक्स महासंघले ओलम्पिक खेलकुदका पदक विजेता एथलेटिक्सका खेलाडीलाई नगद पुरस्कार दिने भएको छ। विश्व एथलेटिक्स महासंघले यही वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकका पदक विजेतालाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। ओलम्पिकका पदक विजेतालाई नगद पुरस्कार…

ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प

काठमाडौं : ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले…

बेलायती बालबालिकाको प्रश्न : मैले कहिले स्मार्टफोन पाउँछु ?

लन्डन : ‘मैले कहिलेदेखि स्मार्टफोन चलाउन पाउँछु ?’ बेलायतका अधिकांश बालबालिकाको प्रश्न हो। यो प्रश्नले आम अभिभावकलाई सताउने गरेको छ।  स्मार्टफोनले बालबालिकाको दिमागमा असर पर्ने विभिन्न अध्ययनले देखाएको छ। त्यसैकारण बेलायतका अधिकांश अभिभावक बालबालिकालाई स्मार्ट फोनबाट टाढा राख्न चाहन्छन्। तर, यसका…

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

काठमाडौं : दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया…

क्यान्सरसँग जुधिरहेकी राजकुमारी केट

काठमाडौँ : सुन्नेबित्तिकै आङै सिरिंग हुने रोग हो, क्यान्सर । सामान्य बुझाइमा क्यान्सर लाग्नु भनेको ‘समस्याको पहाड’ हो । तर क्यान्सरको संक्रमण हुनु भनेको जीवनको अन्त्य नै हुनु भने होइन । यसको उपचार सम्भव छ र हुन्छ । तर त्यसका लागि समयमै पहिचान हुन…