विशेष Archives | Page 21 of 242 | नेपालमाला

 

कति छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति ?

नयाँ दिल्ली :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड भारतीय रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो । प्रधानमन्त्री मोदीले १४ मे मा आफ्नो संसदीय सीट वाराणसीबाट आफ्नो चुनावी उम्मेदवारी दर्ता…

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं : काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज पनि बहस हुने भएको छ। मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि उनको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । अदालतका…

के छ सरकारको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। राष्ट्रिय सहमति सहकार्य र सामूहिक प्रतिबद्धताबाट यस नीति तथा कार्यक्रममा अन्तर्निहित…

सन्दीप लामिछानेले‍ दिएको पुनरावेदनमा आज पेशी

काठमाडौं : काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ। यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजालसमा तोकिएको…

मुम्बईमा भीषण आँधी : होर्डिङबोर्ड ढलेर १४ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

नयाँ दिल्ली : मुम्बईको घाटकोपर क्षेत्रमा होर्डिङबोर्ड ढलेर १४ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते  भएका छन् । सोमबार साँझ मुम्बईमा अचानक धुलोले भरिएको आँधी आयो र वर्षा भयो जसका कारण शहरका धेरै ठाउँका होर्डिङबोर्ड खसेको थियो।…

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं : नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । एक नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति कांग्रेसले अपनाएको छ । जारी कांग्रेस संसदीय दलको बैठकले…

ताप्लेजुङका युवाहरूले गरे सन्दीप लामिछानेको पक्षमा र्‍याली

ताप्लेजुङ : क्रिकेटर सन्दीप लामिछानेका पक्षमा सोमबार ताप्लेजुङका युवाहरूले मौन र्‍याली निकालेका छन् । फुङलिङ बजारको वीरेद्रचोकदेखि तोक्मेडाँडासम्म एक सय ५० जना युवाको उपस्थितिमा र्‍याली निकालिएको अभियानका अगुवा गोपाल गुरागाईंले जानकारी दिए । सन्दीपविरुद्ध लागेको बलात्कार मुद्दाको यथाशीघ्र किनारा लगाएर…

बैंकहरूले जेठका लागि घटाए ब्याजदर

काठमाडौं : जेठ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसअनुसार वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ…

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका संसारकै पहिलो व्यक्तिको निधन

आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको अन्ततः मृत्यु भएको छ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि उनको मृत्यु भएको हो । ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालमा मिर्गौला प्रत्यारोपण…

श्रीमतीको उजुरीपछि रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण

कैलाली : नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा…

कामीरिता शेर्पा २९औं पटक सगरमाथामा

काठमाडौँ : विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले आफ्नै २८ औं किर्तिमान ब्रेक गर्दै आइतबार २९ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनी कार्यरत काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार,…

कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

 काठमाडौं : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । महाशाखाले…

प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् ।शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा…

राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण

काठमाडौं : त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ ।ं फिफा विश्व कप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा…

गगन थापा र रवि लामिछाने आमने सामने, राजनीति छाड्नेसम्मका चुनौती

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले सहकारीबाट ऋण लिएको विषय प्रमाणित गर्न कांग्रेसलाई चुनौती दिएका छन्। कांग्रेसले ऋण लिएको प्रमाणि गरे राजनीति छोडिदिने गृहमन्त्री लामिछानेले उद्‍घोष गरे। गृहमन्त्री लामिछानेले प्रमाण पुष्टि गर्न नसके कांग्रेस महामन्त्रीसमेत रहेका गगन…

कांग्रेस सांसदले घेरे गृहमन्त्री, जेठ १ गते बस्नेगरी संसद बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक जेठ १ गते बस्नेगरी स्थगित भएको छ। शुक्रबार दोस्रोपटक बसेको बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए। आफूमाथि उठेको प्रश्नको जवाफ दिनका लागि समय मागेको भन्दै सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई समय…

प्रदेशमा एकपछि अर्को गलत अभ्यास : जसरी पनि सत्ता

काठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि आह्वान गरेको १६ घण्टा पुग्दा नपुग्दै एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्कीले बिहीबार नै शपथ लिनुका साथै…