वीपी स्मृति दिवस : तरुण दलद्वारा बाल आश्रमका बालबालिकालाई फलफूल वितरण

काठमाडौं : जननेता वीपी कोइरालाको ३८औं स्मृति दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिले बाल आश्रममा आश्रित बालबालिकालाई फलफूललगायत विभिन्न सामग्री वितरण गरेको छ ।
मंगलबार बिहान काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा रहेको बाल संरक्षण अभियान नेपालको आश्रममा पुगेर तरुण दलले फलफूल, मास्क, स्यानिटाइजर, साबुनलगायतका सामग्री वितरण गरेको हो ।


आश्रमका बालबालिकालाई तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सो सामग्री वितरण गरेका थिए । कार्यक्रममा वीपी कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष बस्नेतले महामानव वीपी कोइरालाले अवलम्वन गरेको मेलमिलापको नीति अनुरुप चल्न सके मात्र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने बताए ।
कार्यक्रममा नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति रहेको थियो ।
बाल आश्रमका बालबालिकालाई फलफूललगायत सामग्री वितरणका लागि नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं १, २, ३ र ४ समन्वय समिति र नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य रवि थापालगायतले सहयोग गरेका थिए ।


विभिन्न सामाजिक काम गर्दै जननेता वीपी कोइरालाको स्मृति दिवस एक सातासम्म भव्य रुपमा मनाउन तरुण दलले ७७ वटै जिल्ला संगठनलाई परिपत्र गरेको थियो । तरुण दलले कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३८औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम गरी सप्ताहव्यापी मनाउने निर्णय गरे अनुसार देशव्यापी रुपमा मनाउन अध्यक्ष जितजंग बस्नेतले परिपत्र जारी गरेका थिए । त्यही परिपत्र अनुरुप जिल्ला संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दै वीपी स्मृति दिवस मनाइरहेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments