विशेष Archives | Page 176 of 241 | नेपालमाला

 

शनिबार तीन हजार एक सय ६७ कोरोना संक्रमित थपिए

काठमाडौं : शनिबार कोरोना भाइरसका थप  तीन हजार एक सय ६७ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। शनिबार निको भएर एक हजार आठ सय…

धरानमा थप दुई सङ्क्रमितको मृत्यु

धरान : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय पुरुषको आधाआधा घण्टाका फरकमा मृत्यु भएको हो । सुनसरीका पुरुषको बिहान ७ः१५…

नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र

काठमाडौँ : नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्य पूजा एवं आरती गरी भक्तजनलाई प्रवेश…

घटस्थापनाको शुभसाइत शनिबार बिहान ११ः४६ मा

काठमाडौँ :  नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा…

नेपालमा एक लाख २६ हजार कोरोना संक्रमित, ८८ हजार डिस्चार्ज

काठमाडौं : नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण तिब्र रुपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार नेपालमा कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । जसमध्ये ८८ हजार ४० जना डिस्चार्ज भएका…

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

राँझा : कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत…

कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा

कञ्चनपुर : चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गर्नुभएको हो । जारी…

राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराउनुभएको छ । कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी…

उपत्यकामा एकैदिन थपिए १९ सय ३५ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंमा १६ सय ९३ , ललितपुरमा १३४ र भक्तपुरमा १०८ जना गरी १९ सय ३५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। नेपालमा…

पछिल्लो २४ घण्टामा थप तीन हजार ७४९ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा तीन हजार ५६४…

मोरङमा दुई कोरोना सङ्क्रमितको मृत्यु

मोरङ : कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उनमा यही असोज २१ गते कोरोना…

केन्द्र विवादमा झडप : गाउँपालिका अध्यक्षसहित १४ घाइते

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । सुर्नया गाउँपालिकाको केन्द्र…

मन्त्रिमण्डल पुनर्गठन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यसैगरी केही मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गरेका छन् ।  उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर ओलीले  प्रधानमन्त्री तथा…

घरभित्रै दशैँ मनाउन चितवन प्रशासनको अनुरोध

चितवन : कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध…

मोरङमा कोरोना  सङ्क्रमित पुरुषको मृत्यु

मोरङ :  मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनुभयो । मृतकलाई यही…

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित पाँच हजार नाघे

गण्डकी : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । मंगलबारसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या पाँच हजार एक सय पुगेको जनाइएको छ । प्रदेशमा मंगलबार थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम्…

होम आइसोलेसनमा वृद्धाको मृत्यु

चितवन : जिल्लामा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार यही असोज २२ गते चितवन मेडिकल…