विशेष Archives | Page 17 of 241 | नेपालमाला

 

नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परेर दुई यात्रुबस बगे

चितवन : नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको…

घनघोर वर्षाले देशभरि बाढी, पहिरो र डुबान

काठमाडौं : मनसुुन सक्रिय हुँदा देशभर भएको घनघोर वर्षाले विपत्ति निम्त्याएको छ । बाढी, पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ । राजधानी काठमाडौंको नागार्जुन-३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पहिरोले पुरिँदा गोरखाको लखन थापा गाउँपालिका–६ घर…

कांग्रेसको निर्णय : धारा ७६ (२) अनुसार ओलीको नेतृत्वमा सरकार

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ । कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सातबुँदे सहमति अनुमोदन गरिसकेकाले संसदीय दलको निर्णय औपचारिकता मात्र थियो । तर कांग्रेसले…

चार पटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड अल्पमतमा

काठमाडौं : संसदमा चार पटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेको छन्। सोमबार मध्यरात एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो। संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी…

रवि लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं : सहकारी ठगी प्रकरणमा मुछिएका  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज फेरि सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर…

मुकुल ढकाललाई रास्वपाले गर्‍यो महामन्त्री पदबाट निलम्बन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट निम्बलन गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा.ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै ७ दिन निलम्बन गर्ने निर्णय गरेको उपसभापति डोल प्रसाद अर्यालले जानकारी दिए। ढकालले बुधबार बसेको…

७२ जिल्लामा फैलियो डेंगु, काठमाडौंमा सबैभन्दा बढी

काठमाडौं : हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी…

झलनाथ खनालले हारे सर्वोच्चमा मुद्दा

काठमाडौं :  इलाम-१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित एकीकृत समाजवादीका नेता झलनाथ खनालले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेका छन्। निर्वाचन बदर गरी पुन निर्वाचन गराई पाउँ भन्दै खनालले हालेको मुद्दा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज हुने फैसला सुनाएको हो। २०७९…

नन्दालाई अमेरिकामा नासोको सम्मान

अमेरिका : अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी नन्दा बस्याल अमेरिकामा सम्मानित भएकी छन् । खेलकुद, कलाकारिता र समाज सेवामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नेप्लिज अमेरिकन सोसल अर्गनाइजेसन (नासो) ले एक विशेष कार्यक्रमबीच उनलाई सम्मान गरेको हो । सोमबार…

राजदूत फिर्ता गर्ने सरकारको निर्णय पूर्वाग्रही : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका छन्। मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले विभिन्न देशमा नियुक्त भएका केहि राजदूतहरुले देशको हितको पक्षका निकै राम्रा कामगरेपनि सरकारले उनीहरुलाई पूर्वाग्रही ढंगले फिर्ता…

नेपालसामू ठूला टोलीलाई स्तब्ध पार्ने अवसर

फ्लोरिडा : अमेरिका र वेष्टइण्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ मा यसअघि साना भनिएका टोलीहरुको प्रदर्शन उत्कृष्ट छ । पपुवा न्युगिनीले दिएको १३७ रनको लक्ष्य पूरा गर्न वेष्टइण्डिजले १९ ओभर खेल्दै ५ विकेट गुमाउनुपरेको थियो । अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा…

आईसीसी टीट्वेन्टी विश्वकप : नेपालको खराब सुरुवात

विष्णु थापा/डालास (अमेरिका) नेपालले आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा खराब सुरुवात गरेको छ । अमेरिकाको डालासस्थित ग्रान्ड पेरी रंगशालामा मंगलबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय सात रनको लक्ष्य नेदरल्यान्ड्सले १८.३ ओभरमा चार…

पूर्व कप्तान पारस खड्काले सम्झिए २०१४ को विश्वकप

काठमाडौं : पूर्व कप्तान पारस खड्काले सन् २०१४ को विश्वकप स्मरण गरेका छन्। बंगलादेशमा आयोजना भएको उक्त विश्वकपमा नेपालले पहिलोपटक सहभागी भएको थियो। पारस खड्काकै कप्तानीमा सहभागी भएको नेपाली टोलीले अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो। नेपालले अफगानिस्तानलाई ९ रन र…

टस हारेर ब्याटिङ गर्दै नेपाल

डालास, अमेरिका : नेपालले नेदरल्यान्ड्सविरुद्ध ट्वान्टी २० पुरुष विश्वकप क्रिकेट खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशाला टस जितेपछि नेपाललाई ब्याटिङका लागि निम्त्याएको हो । नेपालका पुरानै जोडी कुशल भुर्तेल र आसिफ शेख ब्याटिङमा…

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

 काठमाडौं : अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो । यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको…

बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड (पूर्णपाठ)

काठमाडौं :  सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् । यो संशोधित बजेट…

आज गणतन्त्र दिवस मनाइँदै

काठमाडौं : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ…