विशेष Archives | Page 15 of 242 | नेपालमाला

 

पलेशालाई बागमती सरकारको १० लाख

हेटौंडा : पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य बिजेता पलेशा गोवर्द्धन र एशियाली खेलकुदमा रजत बिजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । बागमती सरकारले संविधान दिवसको अवसरमा गरेको कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १०…

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन

काठमाडौं : सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका…

सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागु गुर्नपर्छः मन्त्री काफ्ले

हेटौंडा : बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्ने बताएका छन् । बिहीबार हेटौंडामा आयोजित लोकतान्त्रिक यातायात व्यवसायी संघको बागमती सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री…

बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित, दोष भारतलाई

काठमाडौं : बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् । बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका छन् । ती क्षेत्रका फेनी,…

प्रजातन्त्र मासेर लोकतन्त्र आउँदैन

बंगलादेशमा त्यहाँका जनताले चुनेको संसद्, सरकार र व्यवस्थालाई उग्रवादी तत्व र सेनाको साँठगाँठबाट बलात् हटाएर लोकतन्त्र ल्याएको जुन भ्रम छर्न खोजिएको छ, त्यसले दक्षिण एसियाका साना ठूला सबै प्रकारका देशलाई अनिश्चित भविष्यतर्फ लतार्न खोजिरहेको प्रष्ट देखिन थालेको छ । भारतका…

रोनाल्डोले युट्युब च्यानल खोलेपछि रेकर्डै रेकर्ड

काठमाडौँ : सामाजिक सञ्जालमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो त्यसै लोकप्रिय छन् ।  एक्समा उनलाई ११२ मिलियनले पछ्याएका छन् । त्यस्तै फेसबुकमा १७० मिलियन र इन्स्टाग्राममा ६३६ मिलियन फलोअर्स छन् । बुधबार उनी युट्युबमा पनि जोडिएका छन् । युट्युबमा ‘यूआर क्रिस्टियानो’…

शनिबारसम्मै वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ । तर लगातार झरी भने पर्ने छैन । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र…

प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको छ : गृहमन्त्री

जनकपुरधाम : गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्ने बताएका छन् । आज बिहान जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री लेखकले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताएका…

भारतमा चर्कियो आरक्षणको मुद्दा, आज बन्द आह्वान

काठमाडौं : आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका छन् । बसपाकी प्रमुख…

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ।  एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने…

ट्रम्पको चुनावी अभियानमा इरानको साइबर आक्रमण

काठमाडौं : अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । एक हप्ता अघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर महला भएको बताए पनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन । तर अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबीआई)ले…

नवलपुरको डण्डामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

 काठमाडौं : पछिल्लो ३ घण्टामा नवलपुरको डण्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । सो क्षेत्र भई बहने नारायणी नदी…

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाको भेट

नयाँदिल्ली : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका क्रममा आपसी हितका विविध पक्षमा…

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौं : परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री राणा भारत प्रस्थान गरेकी हुन्। उनी भिस्तारा एयरलाइन्सबाट केही बेरअघि भारतको नयाँ दिल्ली प्रस्थान गरेकी हुन्। मन्त्री राणाको टोलीमा दक्षिण एसिया मामिला हेर्ने…

कांग्रेसका मन्त्रीले महिनामा दुईपटक पार्टीसँग बैठक गर्ने

काठमाडौं : नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरुसँग महिनाको दुईपटक छलफल गर्ने भएको छ । दुई राज्यमन्त्री सहित कांग्रेसका १२ मन्त्री छन् । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस सहभागी भएपछि शनिबार पहिलोपटक पार्टीबाट मन्त्री बनेकाहरुसँग छलफल गरिएको छ ।…

परराष्ट्रमन्त्री राणा भारत जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदैछिन् । उनी आज बिहान साढे ११ बजे नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ । यसबीचमा उनले राजनीतिक भेटघाटसमेत गर्नेछिन् ।…

देशभर वर्षा, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ । आज बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ, बाँकेको नेपालगञ्ज एयरपोर्ट र…