काठमाडौं : मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमबार (आज) बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति…
राष्ट्रिय स्वतन्त्र पार्टी : मन्त्री तयार, मन्त्रालयको छैन टुंगो
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एक राज्यमन्त्रीसहित तीन मन्त्रालय दिने सत्ता गठबन्धनमा लगभग सहमति छ । मन्त्रालय बाँडफाँडका क्रममा संख्या टुंगो लागेपनि कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगिएको छैन । तर, मन्त्रालय टुंगो नलागेपनि रास्वपामा मन्त्री बन्नेहरु चाहिँ…
प्रचण्डका सात सारथि
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले…
सातै प्रदेशमा ‘एमाले गठबन्धन’कै सरकार
काठमाडौँ : एमाले नेतृत्वको नयाँ गठबन्धनले केन्द्रसहित सातवटै प्रदेशमा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने देखिएको छ । केन्द्रको गठबन्धनमा रहेका दल एक ठाउँमा उभिँदा प्रदेशमा पनि एमाले गठबन्धनमै सामेल भएका सरकार बन्ने निश्चित देखिएको छ ।प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल…
अबको राष्ट्रपति नेम्वाङ कि शाक्य ?
काठमाडौं : नेकपा माओवादी केन्द्रसहित साना दलहरुसँग सत्ता भागबण्डा गर्दा नेकपा एमालेले राष्ट्रपति पद पाएको छ । ०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिँदैछन् भने सभामुख, प्रधानमन्त्रीसँग आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ । तर भागबण्डाले…
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,…
सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष गरे दाबी पेश
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन्…
प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड राष्ट्रपति निवासमा
काठमाडौं : सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र…
कांग्रेस संसदीय दलको निर्वाचन सकियो, केहीबेरमै नतिजा
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ । संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा…
कांग्रेस संसदीय दलको नेता छान्न मतदान
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका थियो । तर मतदान गर्ने स्थानसम्म मोबाइल लैजान पाउने…
देउवालाई गगनको आग्रह : उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय गर्नुस्
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगन थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिएका छन् । उनको प्रस्तावकमा…
कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता, शुल्क ५१ हजार
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मंगलबार मनोनयन दर्ता हुँदैछ । मतदान भने बुधबार बिहान हुनेछ ।दलको नेता चयन गर्न भोलि (बुधबार) हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको नेपाली…
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । सो पार्टीका एक नेता कविन्द्र बुर्लाकोटीले आज बसेको दलको बैठकले प्रारम्भिक…
झुटा आरोपमा पक्राउ परेका धनकुटा नगरसभापति श्रेष्ठ र सदस्य साह रिहा
धनकुटा : झुटा आरोपमा पक्राउ परेका नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठ र सदस्य शिवपुजन साह आज रिहा भएका छन् । ज्यान मार्ने झुटा आरोपमा पक्राउ परेका नेपाली कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठ र नगर सदस्य साह जिल्ला…
भक्तपुरका सांसद भन्छन्, राजनीतिक आस्थाबाट माथि उठेर विकासमा हातेमालो गर्छौं
भक्तपुर : अबको पाँच वर्षमा भक्तपुरलाई कस्तो बनाउने भन्ने विषयमा प्रतिनिधिसभा तथा प्रदेशसभामा नवनिर्वाचित सांसद र पत्रकारबीच अन्तरक्रिया भएको छ । राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरको आयोजनामा बुधबार राधेराधेमा आयोजित कार्यक्रममा सांसदले राजनीतिक आस्था र विचारबाट माथि उठेर जनताको समस्या समाधानमा…
प्रतिनिधि सभाको जनादेशप्रति राष्ट्रिय सभा अध्यक्षको ‘अनावश्यक’ चासो
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाको निर्वाचन परिणामप्रति चासो राखेका छन् । उनको चासो पदीय गरिमा, उत्तरदायीत्व र भूमिकाभन्दा बाहिर रहेको कतिपयको टिप्पणी छ । शनिवार राजधानीमा भएको ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक सेमिनारलाई सम्बोधन गर्दै अध्यक्ष…
सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको सकसपूर्ण जित
सुनसरी : निर्वाचितलाई सधैं सत्ताको पहुँचमा पुर्याइरहने सुनसरी ४ यो पटक पनि तीव्र विवादका बीच अन्तिम निर्णय दिन सफल भएको छ । बाकसभित्रका मतलाई तीन दिनसम्म अनिर्णयको घेरामा राखिए पछि अन्तत: सकसपूर्ण जित निकाल्दै नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले…
