काठमाडौँ : कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकी मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएसँगै नेकपा एमाले केन्द्र र सात प्रदेश सरकारबाट बाहिरिएको छ । गत पुस १० गते केन्द्रमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा सत्ता गठबन्धन बनेपछि सात मध्ये ४…
सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक सबै संकटमा छन् : ओली
चितवन : पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य व्यवसायीहरु संकटमा परेको बताएका छन् । असार १५ को राष्ट्रिय धान दिवस मनाउन चितवन आएका एमाले अध्यक्ष ओलीले जिल्लाको युवा उद्यमी मञ्चले गरेको अन्तर्क्रिया…
११ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भए राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्केका छन् । उनी असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । अस्पतालमा उनको छातीमा…
प्रधानमन्त्री प्रचण्डले आफैंलाई दिए ‘डिस्टिङ्सन’
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजन शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिन बुधबार संसदको रोष्ट्रममा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको कामहरूको फेहरिस्त सुनाए । अनि आफूले आफैंलाई नम्बर दिए, डिस्टिङ्सन । सरकारको कामले व्यवस्थाप्रति जनतामा भरोसा जगाएको भन्दै…
संसदमा प्रचण्ड र ओलीको जुहारी : कसले जोगायो संविधान ?
काठमाडौं : कुनै समय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एउटै विमान (नेपाल कम्युनिस्ट पार्टी (नेकपा)) का दुई पाइलट थिए । संसद विघटनसँगै अलग भएका दुई नेता गत १० पुसमा एक ठाउँमा आए पनि फेरि छुट्टिए । अहिले प्रचण्ड प्रधानमन्न्त्रीका…
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं :सर्वोच्च अदालतले सरकारलाई नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै सरकारलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले थप छलफलका लागि दुवै…
रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा
काठमाडौं : सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका उनको बाँकी सजाय माफीको…
नीति तथा कार्यक्रमले मजबुत अर्थतन्त्र निर्माण हुने राष्ट्रपति पौडेलको विश्वास
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमले समृद्ध नेपाल निर्माणका साथै संघीयताको प्रभावकारी कार्यान्वयन हुने र मजबुत अर्थतन्त्र निर्माण हुने विश्वास व्यक्त गरेका हुन्। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रमले संघीयताको प्रभावकारी…
रायमाझी, खाँणसहितका आरोपी थप ३ दिन हिरासतमा रहने
काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान…
रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर
काठमाडौं : सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले…
शरणार्थीको नाममा ठग्ने गिरोहले कसरी पायो सरकारी गाडी ? हज समितिका अध्यक्षमाथि छानबिन
काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै लाखौं असूली गर्ने गिरोहले सरकारी गाडी प्रयोग गरेर विभिन्न ठाउँमा ‘पीडित’हरुसँग भेट गरेको खुलेको छ । चितवनको एक रिसोर्टमा सरकारी गाडीमा गएका गृह मन्त्रालयका कर्मचारी बताउनेहरुले पीडितको फोटो खिच्ने र…
पक्राउ परे टोपबहादुर रायमाझी
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी…
शरणार्थी प्रकरणको अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई सरकारी वकिलको निर्देशन
काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गरेको गिरोहसम्बन्धी अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सरकारी वकिलको कार्यालय, काठमाडौंले निर्देशन दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरुविरुद्ध…
गण्डकीमा पाण्डे मुख्यमन्त्री
गण्डकी : नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशका ३५ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएका पाण्डेलाई प्रदेश प्रमुख…
डिल्ली चौधरी : कमैया मुक्तिको आन्दोलनदेखि मुख्यमन्त्रीसम्म
दाङ : सत्ता समीकरणमा भएको फेरबदलको लाभ लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरीले पाएका छन् । विश्वासको मत नपाएर एमालेका लिला गिरी नेतृत्वको सरकारले ढलेसँगै डिल्ली चौधरी लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई संविधानको धारा…
लुम्बिनी सरकारको नेतृत्व आलोपालो गर्ने सहमति
बुटवल : लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको…
नयाँ राष्ट्रपति रामचन्द्र कि माधव ?
काठमाडौं : चुनाव संवैधानिक राष्ट्रपतिको हो, तर कार्यकारी प्रधानमन्त्रीलाई भ्याइनभ्याई छ । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहानदेखि रातिसम्म भावी राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । सोमबार साँझ माओवादी केन्द्रको बैठकमा पनि त्यही एजेन्डामा सहमति…
