कोरोना जितेर डिस्चार्ज भएका युवालाई फेरि अस्पताल ल्याइयो

वीरगन्ज : कोरोनाको उपचारपछि निको भएर घर पठाइएका रौतहटका एक युवकलाई ७ दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । कोभिड–१९ संक्रमण पुष्टि भएपछि रौतहटको इशानाथ नगरपालिका-८ का १९ वर्षीय बच्चा अन्सारीलाई बैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म राखिएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो , चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले बैशाख १४ गते उनलाई डिस्जार्च गरी घर पठाएको थियो ।   तर घर पठाएको एक हप्ता नबित्दै उनलाई शनिबार राति फेरि रौतहटस्थित घरबाट अस्पतालमा ल्याइ आइशोलेशन वार्डमा राखिएको रखखिएको छ ।  अन्सारीले आफुलाई शनिबार राति नारायणी अस्पतालले पठाएको एम्बुलेन्समा राखेर घरबाट ल्याएको जानकारी दिए ।

अन्सारीका अनुसार घर गएको तीन दिन पछि गत बुधबार नारायणी अस्पतालबाट घरमा पुगेका ३ स्वास्थ्यकर्मीले खकार, सिगान र रगतको नमुना संकलन गरी फर्किएका थिए ।
शनिबार राति अस्पतालमा ल्याइसकेपछि पनि स्वास्थ्यकर्मीले आफनो खकारको नमूना परीक्षणका लागि लिएर गएको अन्सारीले जानकारी दिए।

अस्पतालका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा फेरि क्रस चेक गर्दा अन्सारीको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीले गत बुधबार उनको घरमै पुगेर स्वाब संकलन गरी काठमाडौं पठाएका थिए । बुधबार पठाइएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आएपछि अन्सारीलाई शनिबार राति अस्पतालमा ल्याइएको हो ।

बैशाख १४ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पठाएको अन्सारीसँगै चार जनाको पीसीआर रिपोर्टमा त्रुटी फेला परेको श्रोतले जानकारी दिएको छ । स्रातका अनुसार अस्पतालले शनिबार अन्सारीसँगै बैशाख १४ मा डिस्चार्ज गरिएका चार जनाको स्वाबको नमुना संकलन गरी फेरि पीसीआर परीक्षणका लागि काठमाडौं पठाएको छ ।

बैशाख १४ मा अन्सारीँंगै भारतका तीन जमातीको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पनि अस्पतालबाट डिस्चार्ज गरिएको थियो । नाका बन्द रहेका कारण डिस्चार्ज गरिएका तीन भारतीय जमातीलाई वीरगन्ज–२ छपकैयाको यतिमखाना नजिकैका घरमा राखिएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments