मुलपानीका एक युवकको आरडीटी रिपोर्ट पोजेटिभ

काठमाडौं : काठमाडौंको मुलपानीमा गरिएको ¥यापिड डाइग्नोटिस्क टेस्ट (आरडीटी) परीक्षणमा एक युवकको रिपोर्ट पोजेटिभ आएको छ । मुलपानी प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको ¥यापिड परीक्षणमा २१ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको हो । एन्टीबडी पोजेटिभ देखिएका युवक गत चैत ७ गते दुबईबाट आएको बताइएको छ ।
उनको थप पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको जनाइएको छ ।
मंगलबार रौतहटका दुई जनामा कोरोना भाइरस पुष्टि भएको थियो । यससँगै संक्रमितको संख्या ५४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो ।
संक्रमित दुवैजना रौतहटको बृन्दाबन र देवाही गोनाही नगरपालिकाका हुन्। संक्रमित वृन्दावन नगरपालिका–९ भुषाहटोलका २५ वर्षीय युवक र देवाही गोनाही–१ करुनिया टोलका ३५ वर्षीय पुरुषमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा १६ जनाले कोरोना भाइरस जितेका छन् । उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments