समाचार Archives | Page 95 of 122 | नेपालमाला

 

भक्तपुरमा घरबाहिर निस्कन निषेध

भक्तपुर : सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्रमुख जिल्ला अधिकारी हुमकला…

कपिलबस्तुका चोर नाकाबाट पसे तीन हजार 

जीतपुर : कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करीब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३० मध्ये २९ जना भारतबाट जिल्ला प्रवेश गरेका हुन् । तीमध्ये संक्रमित एक…

शौचालय गएका दुई कोरोना संक्रमित हाम्फालेर भागे

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत दुईजना संक्रमित बुधबार दिउँसो अस्पतालबाट भागेका छन्। अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डमा राखिएका दुवैजना बुधबार दिउँसो भागेका हुन्। अस्पतालबाट भाग्नेहरुमा पर्साका विन्दाबासिनी गाउँपालिका घर भइ हाल वीरगन्ज २ मा बस्दै आएका राजनाथ…

सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी   

सर्लाही : सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ । धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर…

नेकपा स्थायी कमिटी बैठक स्थगित   

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए…

सशस्त्र र नेपाल प्रहरी छाङ्गरु जाँदै    

काठमाडौं : कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र र नेपाली प्रहरीको टोली जाने भएको छ । बुधबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा सीमा निगरानीका लागि…

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण 

काठमाडौँ : नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा…

रुपन्देहीको दक्षिण भेगमा आवतजावतमा रोक 

लुम्बिनी : कोरोना सङक्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हुलाकी मार्गको दक्षिण भेगको आवतजावतमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार हुलाकी सडकको दक्षिण क्षेत्रमा बुधबारदेखि लागू हुने गरी आवतजावत गर्न नपाइने र कार्यालयबाट जारी…

ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि पर्सामा निषेधाज्ञा

वीरगन्ज : एकै दिन थप ३९ कोरोनाका संक्रमित भेटिएसँगै पर्सामा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासान कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मङगलबार राति ८ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। लकडाउनका बाबजुद पनि कोरोनाको संक्रमण फैलने क्रम…

रुपन्देहीका पहिलो कोरोना संक्रमित घर फिर्ता

बुटवल : रुपन्देहीमा कोरोना संक्रमण भएका पहिलो व्यक्ति आज घर फर्केका छन् । जिल्लाको कोटहीमाई गाउँपालिका पुर्निहवका २५ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किएका हुन् उनको तेस्रो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल…

नर्भिक र मनमोहन अस्पताललाई कारवाही   

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारवाही गरेको छ । अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई…

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि जुट्यो स्रोत

काठमाडौँ : सङ्घीय राजधानी काठमाडौँसँग सहज सम्पर्कका लागि वाग्मती प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरेको छ । नेकपा (माओवादी केन्द्र)का तत्कालीन महासचिव पोष्टबहादुर बोगटीको सम्मानमा वाग्मती प्रदेश सरकारले सो सुरुङमार्गको नाम पोष्टबहादुर बोगटी सुरुङमार्ग तय गरेको छ…

बर्दियाकी संक्रमित क्वारेन्टाइनमै

राजापुर : बर्दियाको राजापुर नगरपालिका –५ मा कोरोना संक्रमण पुष्टि भएकी बालिकालाई उपचारका लागि अझैसम्म आइसोलेशनमा पठाइएको छैन । बालिकालाई कोरोना संक्रमण भएको सोमबार नै पुष्टि भए पनि आज पनि क्वारेन्टाइनमै राखिएको छ । संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार…

लकडानकै समयमा भारतमा रेल सेवा सुचारु

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट सुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो । मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै…

चितवनबाट हिँडेर सप्तरी पुगेका थिए कोरोना संक्रमित युवक

काठमाडौं : सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय कोरोना संक्रमित युवक चितवनबाट पैदल हिँडेर सप्तरी पुगेको खुलेको छ। डाक्नेश्वरी नगरपालिका-३ का  वडाध्यक्ष प्रदीप साहका अनुसार ती युवा चितवनमा काम गर्थे। लकडाउन भएपछि उनीसँगै करीब १७ जनाको समूहमा पैदल हिँडेर राजमार्ग…

फुटबलर थापाद्वारा विदेशी खेलाडीलाई राहत

काठमाडौं : पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाले लगातारको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी फुटबल खेलाडीलाई खाद्यान्न सहयोग गरेका छन् । वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीका उपसंयोजक थापाले सोमबार काठमाडौंको नयाँबजारमा…

अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ : विगत केही दिनयतादेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय अवस्थामा रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको…