वीरगन्ज : एकै दिन थप ३९ कोरोनाका संक्रमित भेटिएसँगै पर्सामा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासान कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मङगलबार राति ८ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। लकडाउनका बाबजुद पनि कोरोनाको संक्रमण फैलने क्रम…
रुपन्देहीका पहिलो कोरोना संक्रमित घर फिर्ता
बुटवल : रुपन्देहीमा कोरोना संक्रमण भएका पहिलो व्यक्ति आज घर फर्केका छन् । जिल्लाको कोटहीमाई गाउँपालिका पुर्निहवका २५ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किएका हुन् उनको तेस्रो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल…
नर्भिक र मनमोहन अस्पताललाई कारवाही
काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारवाही गरेको छ । अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई…
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि जुट्यो स्रोत
काठमाडौँ : सङ्घीय राजधानी काठमाडौँसँग सहज सम्पर्कका लागि वाग्मती प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरेको छ । नेकपा (माओवादी केन्द्र)का तत्कालीन महासचिव पोष्टबहादुर बोगटीको सम्मानमा वाग्मती प्रदेश सरकारले सो सुरुङमार्गको नाम पोष्टबहादुर बोगटी सुरुङमार्ग तय गरेको छ…
बर्दियाकी संक्रमित क्वारेन्टाइनमै
राजापुर : बर्दियाको राजापुर नगरपालिका –५ मा कोरोना संक्रमण पुष्टि भएकी बालिकालाई उपचारका लागि अझैसम्म आइसोलेशनमा पठाइएको छैन । बालिकालाई कोरोना संक्रमण भएको सोमबार नै पुष्टि भए पनि आज पनि क्वारेन्टाइनमै राखिएको छ । संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार…
लकडानकै समयमा भारतमा रेल सेवा सुचारु
काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट सुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो । मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै…
चितवनबाट हिँडेर सप्तरी पुगेका थिए कोरोना संक्रमित युवक
काठमाडौं : सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय कोरोना संक्रमित युवक चितवनबाट पैदल हिँडेर सप्तरी पुगेको खुलेको छ। डाक्नेश्वरी नगरपालिका-३ का वडाध्यक्ष प्रदीप साहका अनुसार ती युवा चितवनमा काम गर्थे। लकडाउन भएपछि उनीसँगै करीब १७ जनाको समूहमा पैदल हिँडेर राजमार्ग…
फुटबलर थापाद्वारा विदेशी खेलाडीलाई राहत
काठमाडौं : पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाले लगातारको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी फुटबल खेलाडीलाई खाद्यान्न सहयोग गरेका छन् । वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीका उपसंयोजक थापाले सोमबार काठमाडौंको नयाँबजारमा…
अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना
काठमाडौँ : विगत केही दिनयतादेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय अवस्थामा रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको…
लिपुलेकमा सडक बनाएको विरोधमा नेमकिपाद्वारा विरोध प्रदर्शन
भक्तपुर : नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक निर्माण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ । आज नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा भक्तपुरको कमलविनायकबाट विरोध जुलुस…
हुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर केही दिनयतादेखि नेपालमा…
के तपाई भोकै पर्नु भएको छ ? सीतापाइलामा पाइन्छ निशुल्क खाना
काठमाडौं : नेपाल लकडाउन भएको डेढ महिना नाघिसकेको छ । गत चैत ११ गतेबाट सुरु भएको लकडाउन सरकारले जेठ ५ गतेसम्म लम्ब्याएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सुरु गरिएको लकडाउनमा दैनिक श्रम बेचेर गुजारा चलाउँदै आएका मजदूर, गरिव…
दुई करोडको पुल छ महिना टिकेन
गलेश्वर : निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मङ्सिरमा सो पुल निर्माण…
उपत्यकामा सवारी चलाउन आइतबारबाट टाइम कार्ड
काठमाडौं : आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । अब तोकेको समयमा मात्र चलाउन पाउने…
नेपालगन्जका धार्मिकस्थलमा प्रशासनको निगरानी
राँझा : नेपालगञ्जमा २४ जनामा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले बाँकेका धार्मिक स्थलमा निगरानी बढाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज कोहलपुर क्षेत्रभित्र रहेका विभिन्न धार्मिकस्थलको अनुगमन गरी निगरानी बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक…
हिमालय एयरलाइन्सले चीनबाट स्वास्थ्य सामग्री ल्यायो
काठमाडौँ : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।…
नयाँ सङ्क्रमित जोलाहनपूर्वाकै
राँझा : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित कोरोना सङ्क्रमित जोलाहनपूर्वा टोलमा आज थप एक युवकमा पोजेटिभ देखिएको छ । कोरोना सङ्क्रमण पोजिटिभ देखिएका १६ वर्षीय वडा नम्बर ८ जोलाहनपूर्वा टोलकै भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी…
