नर्भिक र मनमोहन अस्पताललाई कारवाही   

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारवाही गरेको छ । अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अस्पतालले रु नौ सयमा हुनुपर्ने सेवाको रु एक हजार छ सय लिएको भेटेपछि कारवाही गरिएको हो । लकडाउनका कारण अस्पतालले सेवाग्राहीसँग बढी मूल्य लिएको भन्दै स्वास्थ्यकर्मीका साथमा अनुगमन गर्दै आएको छ । विभागले सोमबार नर्भिक इन्टरनेशनल हस्पिटललाई बढी शुल्क लिएको आशङ्कामा तीन दिनभित्र कागजपत्रसहित विभागमा लिखित जवाफ दिन निर्देशन दिएको छ ।
त्यस्तै आज नै मीनभवनस्थित मीनभवन औषधि पसललाई बढी मूल्य लिएको भन्दै रु दुई लाख जरिवाना गरेको छ । सो जरिवाना गरिएको विभागले जनाएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments