चितवनबाट हिँडेर सप्तरी पुगेका थिए कोरोना संक्रमित युवक

काठमाडौं : सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय कोरोना संक्रमित युवक चितवनबाट पैदल हिँडेर सप्तरी पुगेको खुलेको छ।

डाक्नेश्वरी नगरपालिका-३ का  वडाध्यक्ष प्रदीप साहका अनुसार ती युवा चितवनमा काम गर्थे। लकडाउन भएपछि उनीसँगै करीब १७ जनाको समूहमा पैदल हिँडेर राजमार्ग हुँदै सप्तरी आएका थिए। उनी सप्तरी आएको २० दिन भएको थियो।

साहले थपे  ‘तर रिपोर्ट आउन समय लागेको कारण आइतबार ती व्यक्तिलाई क्वारेन्टाइनबाट घर फर्काइएको थियो। उनी घर फर्केपछि आफ्नो घर परिवारका सदस्यहरुसहित विभिन्न मानिसहरूको सम्पर्कमा आएका रहेछन्।’ त्यो नै सबै भन्दा बढी खतराको बिषय बनेको उनले बताए।

सोमबार अपराह्न उनी प्रहरीको सम्पर्कमा आएका थिए। उनलाई एम्बुलेन्समा राखेर गजेन्द्रनारायण अस्पताल राजविराज लैजाने तयारी भइरहेको छ। उनका परिवारका सदस्यहरूलाई पनि आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments