बर्दियाकी संक्रमित क्वारेन्टाइनमै

राजापुर : बर्दियाको राजापुर नगरपालिका –५ मा कोरोना संक्रमण पुष्टि भएकी बालिकालाई उपचारका लागि अझैसम्म आइसोलेशनमा पठाइएको छैन । बालिकालाई कोरोना संक्रमण भएको सोमबार नै पुष्टि भए पनि आज पनि क्वारेन्टाइनमै राखिएको छ ।

संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने भए पनि बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालमा प्राविधिक तयारी नपुगेको भन्दै अझै क्वारेन्टाइनमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले संक्रमित बालिकालाई कोरोना अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments