काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा…
रानीपोखरीमा राखियो गजुर
काठमाडौँ : ऐतिहासिक रानीपोखरीमा आज गजुर राखिएको छ । आज बिहान ८ बजेको साइतमा रानीपोखरीको बीच भागमा रहेको निर्माणाधीन बालगोपालेश्वर मन्दिरमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिएको हो । मुख्य गजुर १२३ किलोग्राम तौलको छ ।…
कोरोनाबाट पहिलो पटक चिकित्सकको मृत्यु
कर्णाली : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा रविन खड्काले जानकारी दिनुभयो । दुई…
वामदेवको मुद्दाः ‘हेर्दाहर्दै’ मा शुक्रबार
काठमाडौँ : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा शुक्रबारका लागि तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको…
मनसुन बाहिरिन अझै एक साता लाग्ने
काठमाडौँ : नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । “पश्चिमी भूभागबाट बाहिरिन शुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ”, उहाँले भन्नुभयो ।…
काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट तीन जनाको मृत्यु र ९०२ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा ५४ वर्षीय पुरुष, ३४ वर्षीया महिला र ८६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंका ६९७, भक्तपुरका ९३ र…
पीसीआर रिपोर्ट सम्बन्धित व्यक्तिले पाउने
काठमाडौ : सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिर्पोटसम्बन्धित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भए पनि सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन दिएको बताउनुभयो । यसअघि…
उपत्यकामा एकैदिन ८०९ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९ ) बाट ५ जनाको मृत्यु भएको छ भने ८०९ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा २ पुरुष गरी जम्मा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
कालापानी जाने घोरेटो बाटोको ट्र्याक खोल्यो सेनाले
दार्चुला : नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध…
काठमाडौं उपत्यकाममा ७२४ कोरोना संक्रमित थपिए
काठमाडौं : काठमाडौं उपत्यकामा शनिबार थप ७ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारीका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको हो। त्यसमध्ये काठमाडौंका ५ सय ८३, ललितपुरका ७८…
काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट २ जनाको मृत्यु र ६४७ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा ७५ वर्षीया महिला र ललितपुरमा ५१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार मात्रै उपत्यकामा कोरोनाबाट ६ जनाको मृत्यु…
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार कट्यो
वीरेन्द्रनगर : कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१ रहेको छ ।…
काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट तीनजनाको मृत्यु भएको छ भने ६३७ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६३७ जनामा संक्रमण र उपचारका क्रममा ३ जनाको मृत्यु भएको हो।…
आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौँ : कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । स्व शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको थियो ।…
शनिबारसम्म देशभर वर्षा हुने
काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना…
काठमाडौं उपत्यकामा ६ सय ४७ कोरोना संक्रमित थपिए
काठमाडौं : काठमाडौं उपत्यकामा थप ६ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उपत्यकामा ६ सय ४७ जनामा संक्रमण देखिएको हो। त्यसमध्ये काठमाडौंका ५ सय ११, भक्तपुरका ६३ जना र ललितपुरका ७३ जनामा…
काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंका ५३८ जना, भक्तपुरका ७४…
