उपत्यकामा एकैदिन ८०९ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९ ) बाट ५ जनाको मृत्यु भएको छ भने ८०९ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा २ पुरुष गरी जम्मा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंका ६३३ , भक्तपुरका ७२ र ललितपुरका १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

१९ हजार १९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ६९८ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार २८१ जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार १२३ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८२८ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार २२५ जनाको आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments