काठमाडौं उपत्यकाममा ७२४ कोरोना संक्रमित थपिए

काठमाडौं  : काठमाडौं उपत्यकामा शनिबार थप ७ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारीका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यसमध्ये काठमाडौंका ५ सय ८३, ललितपुरका ७८ जना र भक्तपुरका ६३ जना छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार मात्रै एक हजार १ सय ४७ जना निको भई घर फर्किसकेका छन् भने थप ८ जनाले ज्यान गुमाएका छन्।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments