
काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट २ जनाको मृत्यु र ६४७ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा ७५ वर्षीया महिला र ललितपुरमा ५१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार मात्रै उपत्यकामा कोरोनाबाट ६ जनाको मृत्यु भएको थियो।
यस्तै काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
LEAVE A COMMENT
0 Comments