समाचार Archives | Page 57 of 122 | नेपालमाला

 

संसद विघटनविरुद्धको रिटमा जेठ १३ र १४ गते पेशी

काठमाडौं : संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएको छ । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको…

सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा

 काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको स्रोतले पुष्टि गरेको छ । पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन…

सरकारविरुद्ध संघर्षमा उत्रिन तरुण दलको आह्वान

काठमाडौं : नेपाल तरुण दलले सरकारका असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्न सबै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र प्रतिगामी कदमविरुद्ध आन्दोलनमा उत्रिन तरुण…

 मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

गलेश्वर : कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो ।…

चक्रवातको असरले मौसम बदली हुने

काठमाडौँ :  ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो । यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको…

सुदूरपश्चिम सरकारलाई दिइएको समर्थन फिर्ता

धनगढी: नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेशमा नेकपा (माओवादी केन्द्र) र एमालेको सयुंक्त सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको छ । सुदूरपश्चिममा माओवादी केन्द्रका तर्फबाट त्रिलोचन भट्ट…

 चक्रवातको असर मङ्गलबारदेखि : पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

काठमाडौँ : पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल…

काठमाडौं उपत्यकामा २७८५ कोरोना संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्कामा सोमबार २७८५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १८०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर…

आगामी चार सातामा संक्रमण दर क्रमशः घट्दै जानेछ : स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएको बताएका छन् । पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ । सोमबार…

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बिने भएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि लगाइएको निषेधाज्ञा  कडाइका साथ एक साता थप्ने निर्णय गरेका हुन्। निषेधाज्ञा थपबारे भोलि उपत्यकाका तीनैवटै जिल्ला काठमाडौं,…

जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने

काठमाडौँ : जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न…

सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते

जलेश्वर : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत…

चुनाव अगाडि नै सबैलाई कोरोना खोप : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताएका छन् । आइतबार बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाए । ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित…

कस्तो रहला आजको मौसम ?

काठमाडौं : आज २०७८ जेठ ९ गते आइतबार । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम कस्तो रहन्छ भन्ने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य…

काठमाडौं उपत्यकामा २,३२८ जनामा संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,३२८ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमण भई २,२२७ जना अस्पताल…

अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

वाग्मती :  नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको,…

शेखर कोइराला भन्छन्, राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा लग्यो

काठमाडौं : नेपाली काँग्रेसका नेता डा‌. शेखर कोइरालाले राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा फसाएको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि नेता कोइरालाले ट्वीटरमाफृत् प्रतिक्रिया दिँदै संरक्षकबाटै मध्यरातमा संविधान च्यात्ने काम भएको आरोप लगाएका हुन्…