काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार देशभरमा भने सात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १९ हजार ५३९ को पीसीआर र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा सात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २७३ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ६४८ जनाले भने कोरोना जितेका छन्। त्यैगरी २४ घण्टामा १४५ जनाको कोरोनाले ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ।

नेपालमाला
