काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य भू–भागमा आंशिक बदली रही प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जनरचट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राथि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली र वाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का केही स्थान र बाँकी प्रदेशमा केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का सम्भावना रहेको विभागले जनाएको छ ।मेघगर्जनरचट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।
नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

नेपालमाला
