समाचार Archives | Page 45 of 121 | नेपालमाला

 

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि…

एसएसबीको उपस्थितिमै दार्चुला घटना : छानबिन समिति

काठमाडौं : छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका- २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी…

काठमाडौंमा आज साँझ पानी पर्ने सम्भावना

काठमाडौं : आज विहान देशभर सामान्य बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ…

कोभिड कहर : ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

काठमाडौँ : कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ । कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक…

काठमाडौं उपत्यकामा ५४९ संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १७६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर एक हजार ८५७ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५४९…

२,०६५ जनामा कोरोना संक्रमण, २,३३७ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

एकीकृत समाजवादी सरकारमा जाने, मन्त्रालयको टुंगो लागेपछि मन्त्री चयन गर्ने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । तर मन्त्री चयन भने मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने निर्णय भएको छ । ‘सत्ता…

काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि दिइने

काठमाडौं : काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् । यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७…

काठमाडौं उपत्यकामा ६६७ संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ७५ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर दुई हजार ७५ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६६७…

१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट कोरोना खोप

काठमाडौं : १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई आजदेखि कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइँदै छ । उनीहरुलाई चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो । स्वास्थ्य कार्यालय…

रसुवामा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं : घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई…

३४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, ४२ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ३४ सय ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा ११ हजार ८३९ नमूनाको पीसीआर परीक्षणमा २ हजार ६१३ जनामा र ४ हजार ९९९ नमूनाको एन्टिजेन परीक्षणमा ७९० जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य…

दल विभाजनसम्बन्धी अध्यादेश : प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने

काठमाडौं : दल विभाजनलाई सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले एक्काइस दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ । ‘छुट्टै दल गठन भएमा त्यस्तो दल गन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित…

डोरमणिले राजीनामा दिने, अष्टलक्ष्मी मुख्यमन्त्री बन्ने

काठमाडौं : बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा…

काठमाडौंमा शुक्रबारसम्म पानी पर्ने

काठमाडौं : काठमाडौंमा आज दिनभर मौसममा बदली रहने छ । बिहानैबाट सुरु भएको वर्षा दिउँसो केहीबेर रोकिएर पुनः सुरु हुने मौसमविद् समीर श्रेष्ठ बताउँछन् । “काठमाडौंमा आज दिनभर मौसममा बदली रहने छ । अहिले पानी परिरहेको छ । दिउँसो केहीबेर…

३४ सय ५१ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

काठमाडौं : १५ हजार ६११ नमूना परीक्षणमा ३४ सय ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १० हजार ९३ नमूनाको पीसीआर र ५५ सय १८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये २५ सय ६६ नमूनाको…

कुलमानको नियुक्ति खारेजीको माग गर्दै हितेन्द्रदेव सर्वोच्चमा

काठमाडौं : सरकारले बर्खास्त गरेका नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । उनले आफू नै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा काम गर्न पाउनुपर्ने माग गर्दै रिट दायर गरेका छन् । “मेरो सहमतिबेगर मलाई…