काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ पार्टीले सांसदलाई गरेको कारबाही कार्यान्वयन नगरेको भन्दै एमाले सांसदले सभामुखको भूमिकामा प्रश्न उठाउँदै नाराबाजी थालेका थिए । एमाले सांसदहरूले…
माधव नेपाल त्रिवि शिक्षण अस्पतालमा भर्ना
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन् । ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने…
दसैंमा गाउँ जाने यात्रुको चाप छैन, सहजै पाउन सकिन्छ टिकट
काठमाडौं : सरकारले देखि लामो दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै दसैं तिहारमा गाउँ जाने यात्रुले सहजै टिकट पाउने भएका छन । विगतका वर्षमा भन्दा यसपटक गाउँ जाने यात्रुको कमी हुँदा सहजै टिकट पाउने भएका हुन् । सरकारले…
उपत्यका छोड्ने क्रम सुरु, कहाँ जान कति छ भाडादर ?
काठमाडौं : दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्ने क्रम सुरु भएको छ। मुख्यतः विद्यार्थी, मजदूर, व्यापार व्यवसाय गर्दै आएका व्यक्तिहरु राजधानी छोडेर गाउँ फर्किन थालेका हुन्। मध्यदशैंमा जाँदा भीडभाड हुने र कोरोना संक्रमणको डरका कारण पनि अहिलेदेखि नै शहरबाट गाउँ फर्कन थालेका…
काठमाडौं महानगरभित्रका विद्यालय आजदेखि सञ्चालन हुने
काठमाडौं : कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् । दसैँको मुखमा…
दशैंको टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा
काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति…
काठमाडौं र पूर्वी भागमा मौसम सफा : पश्चिमका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं : आज दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् । ‘काठमाडौं र पूर्वी भागमा आज वर्षाको सम्भावना छैन । मौसम सफा नै रहने…
सरकारलाई खर्च गर्ने बाटो खुल्यो
काठमाडौं : चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो…
कांग्रेसको काठमाडौं वडा अधिवेशन आज
काठमाडौं : नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन आज हुँदैछ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको वडा अधिवेशनलाई महत्वका साथ हेरिन्छ । तर क्रियाशील सदस्यताको विवाद नमिल्दा पूर्वनिर्धारित मिति भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन…
आजदेखि देशभर भेरोसेल खोप दिइँदै, यी हुन् खोप पाउने समूह
काठमाडौं : सरकारले आजदेखि असोज १४ गतेसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । खोप दिनका लागि जिल्लाअनुसार उमेर समूह छुट्ट्याइएको छ । अहिलेको अभियानअन्तर्गत चारवटा उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
काठमाडौंमा भेरोसेलको दोस्रो डोज असोज ४ गतेदेखि लगाइने
काठमाडौं : काठमाडौं जिल्लामा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ । निर्देशनालय अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ ।…
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुग्यो
काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ । बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण भएको…
काठमाडौं उपत्यकामा दिनभर बदली रहने
काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा…
आज दिनभर मौसममा बदली हुने, काठमाडौंमा घाम नलाग्ने
काठमाडौं : काठमाडौं उपत्यकामा आज दिनभर मौसममा बदली हुने छ । विहान ११ बजे केही समय काठमाडौं उपत्यकामा घाम लागे पनि बाँकी समय मौसममा बदली हुँदा घाम नलाग्ने मौसमविद् मञ्जु बासी बताउँछिन् । काठमाडौंमा छिट्पुट तथा सामान्य वर्षाको सम्भावना पनि…
कक्षा १२ को परीक्षा आजदेखि : कोरोना संक्रमितले पनि दिन पाउने
काठमाडौं : आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । परीक्षा बिहान ११ बजे शुरु हुँदैछ । यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र…
प्रदेश १ सरकारलाई एकीकृत समाजवादीले समर्थन नदिने
विराटनगर : नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलले प्रदेश सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । एकीकृत समाजवादीले सोमबार प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन नरहेको जानकारी गराएको हो…
दाङका विद्यालय आजदेखि खुले
दाङ : दाङमा आजदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखदेखि बन्द भएका शिक्षालय आजदेखि सञ्चालनमा आउने भएका हुन् । स्थानीय शिक्षा महाशाखाले विद्यालय सञ्चालननका मापदण्ड तयारगरी कार्यपालिकामा सिफारिस गरेको थियो । कार्यपालिकाको बैठकले शिक्षा…
