काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ ।
बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण भएको मृत्युदर नेपालमा करिब १.५ प्रतिशत छ ।
छिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । आजसम्म देशभर २५ हजार ७७२ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमाला
