समाचार Archives | Page 42 of 122 | नेपालमाला

 

कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा दोहोरिए बानियाँ

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं पदाधिकारीहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सभापतिमा कृष्ण बानियाँ (सबुज) १९५७ मत ल्याएर विजयी भएका छन्। बानियाँ यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिका सभापति थिए। उनलाई नेता प्रकाशमान सिंह र गगन थापाको साथ थियो। उनका निकटतम…

यस वर्षकै चिसो काठमाडौं : ७.१ डिग्री सेल्सियस तापक्रम

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यसवर्षकै कम अर्थात ७.१ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद् सजिना शाक्‍यले भनिन्, ‘मंसिर १…

राष्ट्रिय जनगणना : पुसदेखि तथ्याङ्क प्रशोधन, जनसङ्ख्या तीन करोड नजिक पुग्ने अनुमान   

काठमाडौँ : राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्याङ्क विभागले जनाएको छ । यसपटकको जनसङ्ख्या झण्डै तीन करोड…

माओवादी नेता पुनको स्वास्थ्य गम्भीर : बैंककमा सुधार नभएपछि चीन लगियो

काठमाडौं : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट चीन लगिएको छ । डेढ महिनादेखि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।…

दक्षिण अफ्रिकामा भेटियो कोभिड-१९ को नयाँ भेरियन्ट

काठमाडौं : दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । हालसम्म थोरै मानिसलाई मात्रै संक्रमित गरेको कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । नयाँ भेरियन्ट फेला परेसँगै वैज्ञानिकहरूले चिन्ता व्यक्त गर्दै यसबाट उत्पन्न…

कांग्रेसका केन्द्रीय नेताका छोराछोरी पनि महाधिवेशन प्रतिनिधि

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशभर जारी अधिवेशनमा शीर्ष नेताका छोराछोरी पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरु मतदाता हुन् । नेताहरुले आफ्नै छोराछोरीलाई महाधिवेशन प्रतिनिधि ल्याउनुलाई कांग्रेसभित्र कतिपयले विरासतका…

अब खोप कार्ड देखाएर नेपाल–भारत आउजाउ गर्न पाइने

काठमाडौं : कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरु अब सहज रुपमा नेपाल र भारत आवत-जावत गर्न पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका…

मंगलबार ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३५१…

तरुण दल अध्यक्ष बस्नेत केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौं : तरुण दल अध्यक्ष जितजंग बस्नेत र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । ललितपुर क्षेत्र नम्बर ३ को अधिवेशनबाट बस्नेत लोकप्रिय मतसहित विजयी भएका छन् । तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले…

बाहिरी जिल्लाबाट काठमाडौं आउने नागरिकलाई ४ स्थानमा कोरोना खोप लगाइने

काठमाडौं : काठमाडौं भित्रिने ४ वटा नाकामा कोभिड-१९ विरुद्धको खोप केन्द्र स्थापना गरिएको छ । काठमाडौं महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा एक महिने खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो । मंसिर…

दलको राजनीति गर्ने भए महासंघ छोड : पत्रकार महासंघ

काठमाडौं : नेपाल पत्रकार महासंघले राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्यलाई राजीनामा दिन आग्रह गरेको छ । पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले कुनै राजनीतिक दलको कार्यसमिति, प्रतिनिधि वा…

योगगुरु रामदेव र आचार्य बालकृष्णलाई आठबुँदे मागपत्र

बनेपा : भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णलाई पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर काभ्रेका विद्यार्थीले आठबुँदे मागपत्र पेस गरेका छन् । पतञ्जली योग समिति बनेपाले निर्माण गरेको भवन उद्घाटनका लागि बनेपा आउने क्रममा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ मा रहेको…

आज ५८० वर्षयताकै लामो चन्द्र ग्रहण

 काठमाडौं : यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । यो चन्द्र ग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण हो । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट…

प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन आज

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ । देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ । ३ सय ३०…

बिहीबार २९९ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८६३ पीसीआर परीक्षण गर्दा २७२ जना र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी  २९९ जनामा…

काठमाडौंको तापक्रम घट्दो : आज ९ डिग्री सेल्सियस

काठमाडौं : काठमाडौंको आजको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको हो । दिउँसो काठमाडौंमा तापक्रम २२ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज…

विप्लव बन्दको प्रभाव आंशिक

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मूल्यवृद्धिको विरोधमा गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । सार्वजनिक सवारी साधन न्यून संख्यामा चलेका छन् । सार्वजनिक सवारी साधन कम चल्दा यात्रुहरुले सास्ती पाएका छन् । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधन भने…