काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन् । ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।
अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका उनको निजी सचिवालयले जनाएको छ ।
‘उहाँको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाति रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ’ स्वकीय सचिव मोहन गौतमले भनेका छन् । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा नेपाललाई भेटघाट बन्द गरिएको छ।

नेपालमाला
