काठमाडौं । सरकारले २९ जना द्वन्द्वपीडितलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । बिहीबार बसेके मन्त्रिपरिषद्को बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिस बमोजिम पूर्णप्रसाद पौडेलसहित २९ जनालाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार…
२७४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
काठमाडौं: पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा २६९ जना र १ हजार ३ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी २७४ जनामा…
कांग्रेस वरिष्ठ नेता पौडेल मतदानमा सहभागी नहुने
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन् । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिने भएका हुन् । पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पौडेलले मतदानमा भाग नलिने जानकारी…
कांग्रेस महाधिवेशन उद्घाटन समारोह : ओली, दाहाल र नेपाल एउटै मञ्चमा
काठमाडौँ : राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ । पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै…
पूर्व राजाले पनि पार्टी खोले हुन्छ : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई…
उम्मेदवारी दर्ताको तयारी गरिसकेको छु : प्रकाशमान सिंह
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवार बन्ने निर्णयबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन शुक्रबार हुँदैछ । शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । रामचन्द्र पौडेल समूहबाट को सभापतिको उम्मेदवार…
पुस ४ गतेदेखि १२ देखि १८ वर्षकालाई कोरोना खोप
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१८ वर्षका बालबालिकालाई पुस ४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकुमार लालका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइने छ । हिमाली जिल्लासहित…
कांग्रेसको वडादेखि केन्द्रसम्म ६४ हजार बढी पदाधिकारी
काठमाडौं : १४ औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको अन्तिम (सम्भवतः) केन्द्रीय कार्य समिति बैठक बिहीबार दिउँसो केन्द्रीय मुख्यालय सानेपामा बस्यो । विधान संशोधन गरी पदाधिकारी बढाउने प्रस्ताव समेत तयार भएको हुँदा यो बैठकलाई चासोका साथ हेरिएको थियो । तर,…
१३औं महाधिवेशनसम्म यसरी छानिएका थिए नेतृत्व
पहिलो महाधिवेशन : २००३ माघ १२–१३ (भारतको कलकत्ता) भवानीपुरस्थित खालसा हाइस्कुलमा बोलाइएको सम्मेलनलाई २००६ चैत २७ गते नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट स्थापना भएको नेपाली कांग्रेसले पहिलो महाधिवेशन मान्दै आएको छ। तत्कालीन अवस्थामा जेलमा रहेका टंकप्रसाद आचार्य सभापति…
कुन्ती दिदीलाई बधाई, चुनावी मैदानमा आरोप प्रत्यारोप सामान्य हो : रेखा थापा
काठमडौं : राप्रपा महिला महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएपछि रेखा थापाले आफू पार्टीमा आएको चार वर्ष भएपनि सम्मानजनक मत पाएको प्रतिक्रिया दिएकी छन् । राजेन्द्र लिङदेनको प्यानलबाट चुनाव लडेकी रेखाले पार्टीमा २० वर्षदेखि सक्रिय कुन्तीले जित्नु स्वाभाविक भएको बताइन् ।…
राप्रपाको नयाँ नेतृत्व चुन्न मतदान जारी
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न शनिबार बिहान आठ बजेदेखि मतदान सुरु भएको हो । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन…
मंसिर २८ बाट एमआरपी वितरण बन्द : ई–पासपोर्ट अनिवार्य
काठमाडौं : मंसिर २८ गतेबाट राहदानी विभागबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द हुने भएको छ । सोही दिनदेखि विभागको मुख्य कार्यालयबाट सेवा लिँदा अनिवार्य रुपमा ई-पासपोर्टका लागि अनलाइन आवेदन भर्नुपर्ने छ । विभागले नारायणहिटीबाट एमआरपी वितरण गरिरहेकोमा टोकन दिन…
वर्षा र हिमपातको सम्भावना
काठमाडौ : हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि…
बालाचतुर्दशी, पशुपतिमा लाखौँ भक्तजन
काठमाडौँ : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत…
हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर
सिमकोट : हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च…
राप्रपाको एकता महाधिवेशन आजदेखि
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमल थापा, पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ । यो महाधिवेशनबाट राप्रपाको…
२३ वर्षीया सुष्मा मिश्र राप्रपाको प्रतिनिधि
काठमाडौं : बारा जितपुर सिमरा उपमहानगरपालिका–१५ की २३ वर्षीया सुष्मा मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ऐतिहासिक महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् । सुष्मा राप्रपाको ऐतिहासिक महाधिवेशनमा बारा क्षेत्र नम्बर ३ को ‘क’बाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएकी…
