समाचार Archives | Page 41 of 122 | नेपालमाला

 

आइपुग्यो ५० लाख सिरिन्ज, अझै ७० लाख आवश्यक

काठमाडौं : कोभिड–१९ विरुद्धको खोपमा प्रयोग हुने ५० लाख थान सिरिन्ज नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार संयुक्त राष्ट्रसंघीय विशिष्ट एजेन्सी युनिसेफको अनुदान सहयोगमा उक्त परिमाणको सिरिन्ज शुक्रबार नेपाल आइपुगेको हो ।…

१४ वैशाखमा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरे ।…

केही भू–भागमा हिमपात, काठमाडौंमा मौसम बदली

काठमाडौं : देशका विभिन्न भागमा आज पनि हिमपातको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना मौसमविद् बरुण पौडेलले जानकारी दिए । देशका पहाडी भू–भागमा आंशिक बदली रही…

कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान शुरु

काठमाडौं : नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका चयनका लागि मतदान शुरु भएको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएकोले आज मतदान सुरु गरिएको हो । जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान शुरु भएको निर्वाचन…

काठमाडौंको तापक्रम अझै घट्ने

काठमाडौं : काठमाडौंको आज विहानको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् मञ्जु बासी बताउँछिन् । उनका अनुसार…

आज योमरी पूर्णिमा र उधौली पर्व, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर…

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

काठमाडौं । सरकारले २९ जना द्वन्द्वपीडितलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । बिहीबार बसेके मन्त्रिपरिषद्को बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिस बमोजिम पूर्णप्रसाद पौडेलसहित २९ जनालाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार…

२७४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा २६९ जना र १ हजार ३ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी २७४ जनामा…

कांग्रेस वरिष्ठ नेता पौडेल मतदानमा सहभागी नहुने

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन् । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिने भएका हुन् । पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पौडेलले मतदानमा भाग नलिने जानकारी…

कांग्रेस महाधिवेशन उद्घाटन समारोह : ओली, दाहाल र नेपाल एउटै मञ्चमा

काठमाडौँ :  राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ । पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै…

पूर्व राजाले पनि पार्टी खोले हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई…

उम्मेदवारी दर्ताको तयारी गरिसकेको छु : प्रकाशमान सिंह

 काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवार बन्ने निर्णयबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन शुक्रबार हुँदैछ । शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । रामचन्द्र पौडेल समूहबाट को सभापतिको उम्मेदवार…

पुस ४ गतेदेखि १२ देखि १८ वर्षकालाई कोरोना खोप

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१८ वर्षका बालबालिकालाई पुस ४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकुमार लालका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइने छ । हिमाली जिल्लासहित…

कांग्रेसको वडादेखि केन्द्रसम्म ६४ हजार बढी पदाधिकारी

काठमाडौं : १४ औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको अन्तिम (सम्भवतः) केन्द्रीय कार्य समिति बैठक बिहीबार दिउँसो केन्द्रीय मुख्यालय सानेपामा बस्यो । विधान संशोधन गरी पदाधिकारी बढाउने प्रस्ताव समेत तयार भएको हुँदा यो बैठकलाई चासोका साथ हेरिएको थियो । तर,…

१३औं महाधिवेशनसम्म यसरी छानिएका थिए नेतृत्व

पहिलो महाधिवेशन : २००३ माघ १२–१३ (भारतको कलकत्ता) भवानीपुरस्थित खालसा हाइस्कुलमा बोलाइएको सम्मेलनलाई २००६ चैत २७ गते नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट स्थापना भएको नेपाली कांग्रेसले पहिलो महाधिवेशन मान्दै आएको छ। तत्कालीन अवस्थामा जेलमा रहेका टंकप्रसाद आचार्य सभापति…

कुन्ती दिदीलाई बधाई, चुनावी मैदानमा आरोप प्रत्यारोप सामान्य हो : रेखा थापा

काठमडौं : राप्रपा महिला महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएपछि रेखा थापाले आफू पार्टीमा आएको चार वर्ष भएपनि सम्मानजनक मत पाएको प्रतिक्रिया दिएकी छन् । राजेन्द्र लिङदेनको प्यानलबाट चुनाव लडेकी रेखाले पार्टीमा २० वर्षदेखि सक्रिय कुन्तीले जित्नु स्वाभाविक भएको बताइन् ।…

राप्रपाको नयाँ नेतृत्व चुन्न मतदान जारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न शनिबार बिहान आठ बजेदेखि मतदान सुरु भएको हो । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन…