काठमाडौं : नेपाली कांग्रेस काठमाडौं पदाधिकारीहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सभापतिमा कृष्ण बानियाँ (सबुज) १९५७ मत ल्याएर विजयी भएका छन्।
बानियाँ यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिका सभापति थिए। उनलाई नेता प्रकाशमान सिंह र गगन थापाको साथ थियो। उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत ल्याएका थिए। कार्की पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको सहयोग थियो।
उपसभापतिमा गोकर्ण के.सी. १९२२ र राजकुमार नकर्मीले १८२९ मत ल्याएर विजयी भएका छन्। सचिवमा इन्द्रबहादुर थापा १९१५ र गोविन्द पुडासैनी १८१७ मत ल्याएर विजयी भएका छन् । सह–सचिवमा प्रा.डा. अमिता प्रधान २०६६ र सुस्मिता प्रधान ९८८ मतले विजयी भएका छन्।सबै पदाधिकारीमा बानियाँकै प्यानल निर्वाचित भएको हो।

नेपालमाला
