काठमाडौं : लुम्बिनी प्रदेशकी निशा चौधरीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला एक सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । पोखरा रंगशालामा शनिबार भएको एक सय मिटर दौडको हिट चरणमै निशाले २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन् ।
उनले १२.१५ सेकेन्डमा दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि देवीमाया पनेरुले सन् १९९९ को दक्षिण एसियाली खेलकुदमा कीर्तिमान राखेकी थिइन् । देवीमायाले यसअघि १२.१९ सेकेन्डको कीर्तिमान राखेकी थिइन् ।
Previous Article
गण्डकीमा नेपाली खेलकुदको कुम्भमेला
Next Article

नेपालमाला
