काठमाडौं : नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लू विन्टर स्लाम रेस्लिङ प्रतियोगिता पुस १७ गते हुने भएको छ । प्रतियोगिता बुढानीलकण्ठको चुनिखेल मैदानमा हुने आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगितामा विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा हुने छ । पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभी वेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार र लाइट वेट विजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितामा नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिका वडा १३ को विशेष सहयोग रहने छ । वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानीय पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
महासचिव श्रेष्ठले कोभिडको महामारीले थलिएको पर्यटनलाई माथि उकास्न प्रतियोगिताले मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुनेछ ।
Previous Article

नेपालमाला
