काठमाडौं : दुई खेलअगावै च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । बिहीबार भएको अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम आरसीटीलाई १–० गोलले हरायो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे । आङथुपुले खेलको ६७औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै सातदोबाटोले लिगको सुखद् अन्त्य गरेको छ । सातदोबाटो ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोले दोस्रो स्थानको खुमलटार युथ क्लबलाई ३ अंकले पछि पार्दै उपाधि हात पारेको हो । सातदोबाटोले ११ खेलबाट २८ अंक जोड्यो । खुमलटारले २५ अंक मात्र जोड्न सक्यो । आरसीटीले १३ अंक जोड्दै नवौं स्थानमा रहेर लिगको अन्त्य ग¥यो । पुल्चोक स्पोर्ट्स क्लब भने ‘सी’ डिभिजनमा घटुवा भयो । लिगमा पुल्चोकले पाँच अंक मात्र जोड्न सक्यो ।
बिहीबार नै भएको अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले झम्सिखेल युथ क्लबलाई २–१ गोलले पराजित ग¥यो । मध्यपुरलाई जिताउन धीरज श्रेष्ठ र रोनिस राजवाहकले गोल गरे । झम्सिखेलका मनिष खड्काले सान्त्वना गोल गरे ।
Previous Article
मेयर्स कप क्रिकेट : एपीएफ फाइनलमा
Next Article

नेपालमाला
