काठमाडौं : कोन्ज्योसोम गाउँपालिकाका कृष्णप्रसाद घिमिरेले घरबाटोको सिफारिस लिएको विषयलाई केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनर्गत प्रचार गरेकोमा कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । २ नम्बर वडाका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी वडा कार्यालयबाट भएको सामान्य त्रुटीलाई बढाइचढाइ गरेर अनर्गल प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्यमा रहेर समाचार संप्रेषण गरिदिनु आग्रह गरेका छन् ।
कोन्ज्योसोम गाउँपालिकाको वडा नम्बर २ लगायत साविक शंखु गाविसमा पर्ने र कृष्णप्रसाद घिमिरेलाई घरबाटोको सिफारिस दिँदा वडा कार्यालयले जग्गा नहेरेको र कृष्णप्रसादले पनि झुक्काएर सिफारिस लिएको वडा अध्यक्ष ध्रुवप्रसाद घिमिरेले जनाएका छन् । ‘मालपोत स्रोस्तामा जग्गको ठेगाना शंखु नै रहेको र जग्गाधनी प्रमाणपत्रमा पनि शंखु गाविस नै उल्लेख गरिएकाले कृष्णप्रसाद घिमिरेले झुक्काएर सिफारिस लिएको र वडा कार्यालयले पनि जग्गा हेरेर मात्र सिफारिस गर्नुपर्नेमा चिनेजानेको व्यक्ति भएका कारण विश्वासमा नहेरीकनै सिफारिस दिँदा त्रुटी भयो’, वडा अध्यक्ष ध्रुवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जग्गा सिफारिसका विषयमा अनर्गल प्रचार भएपछि गत फागुन ६ गते बसेको बैठकले सो जग्गा रोक्का राखेको वडा अध्यक्ष घिमिरेले जनाएका छन् ।

नेपालमाला
