काठमाडौं : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताएका छन् । सर्वोच्च अदालतले मंगलबार संसद विघटनलाई असंवैधानिक भएको ठहर गरेपछि रिजालले यस्तो प्रतिक्रिया दिएका हुन्।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई पुनस्र्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ ।
कांग्रेस नेता रिजालले भने, सुरुदेखि नै मैले संसद विघटनलाई असंवैधानिक भनेको थिएँ । आजको फैसलाले अदालतप्रति हाम्रो विश्वास गहिरो भएको छ । संविधान जोगिएको छ ।’
उनले संसदले दुई वर्षसम्म रहने उपादेयता भने गुमाएको बताए । कांग्रेस नेता रिजालले भने, ‘संविधान नै उल्टाउन खोज्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसदले उहाँलाई हटाउँछ ।’

नेपालमाला
