काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४४ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा २९ सय ३१ जनाको पीसीआर गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पुरुष ३१ र ६६ महिला छन् । जसमध्ये काठमाडौं उपत्यकाका मात्र ३४ जना छन् । १४ महिला र २० पुरुष गरेर उपत्यकाका ३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ
यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ भने २ लाख ६९ हजार ६१९ जना डिस्चार्ज भएका छन् । १५ सय ८३ जना सक्रिय संक्रमित भएको नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।
अहिलो ६९ जना क्वारेन्टाइनमा र १५ सय ८३ जना आइसोलेसनमा रहेका छन्। यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर ६० जनाको आइसीयू र ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

नेपालमाला
