काठमाडौं : विश्वव्यापी महामारीको रूपमा देखा परेको कोराना भाइरस कोभिड–१९ संक्रमणबाट बच्न चेतना अभिवृद्धिका लागि नेपाल सरकारले गरेको लकडाउनको अपिल घरमै बसि व्यवहारिक रुपमा पालना गदै आएका खेलाडी,प्रशिक्षक,कर्मचारी तथा संघसंस्थाका पदाधिकारी के कस्तो अवस्थामा रहेका छन् परिषद्ले चासो देखाएको छ ।
परिषद्का प्रशासन बिभागका प्रमुख कुलबहादुर थापाले लकडाउन भएको ११औं दिनमा आफ्ना मतहतका संघसंस्था तथा सम्पूर्ण कर्मचारी तथा परिवारजनको हालको अवस्था के कस्तो छ ? वुझि विवरण पेश गर्न तथा कुनै कठिनाई परेको खण्डमा सहयोग गर्नु,परिषद्बाट केही गर्नुपरेमा यथासिध्र जानकारी गराउन सबैका लागि अपिल गरेका छन् । परिषद्ले लकडाउनको अवस्थामा धैर्य, संमियमित भई संभव भई आफ्ना भौतिक पूर्वाधारमा वन्ने आइसोलेसन कक्षमा पुर्णरुपले सहयोग गर्नुहुन सबैमा अपिल गरेको छ ।