एमसीसीमा संशोधन अमान्य : अमेरिका

काठमाडौं : अमेरिकाले एमसीसीमा कुनै पनि संशोधन आफ्ना लागि अमान्य हुने जनाएको छ । एमसीसीको सम्झौता कार्यान्वयन प्रक्रियामा अगाडि बढिसकेकाले कुनै संशोधन वा हेरफेर मान्य नहुने चेतावनी दिएको हो ।

एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई भेटेर अमेरिकाको धारणा प्रस्ट पारेका हुन् ।

एमसीसी कार्यान्वयन चरणमा गएपछि परिवर्तन हुन नसक्ने जनाएका हुन् । यदि एमसीसीमा परिवर्तन वा संशोधन गर्न खोजे त्यो अमेरिकी सरकारका लागि मान्य नहुने ब्रुक्सले चेतावनी दिए ।
सत्तारुढ दल नेकपाभित्र एमसीसी सम्झौता संशोधन गरी अनुमोदन गर्न सकिने चर्चा उठेका बेला अमेरिकाकातर्फबाट यस्तो चेतावनी आएको हो । ब्रुक्सले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वमन्त्री भीम रावललगायत नेतासँग भेट गरेका थिए ।
प्रधानमन्त्री एवं नेकपाका नेताहरुले एमसीसी तुरुन्तै कार्यान्वयनमा जाने भन्दै ढुक्क हुन ब्रुक्सलाई आश्वस्त पारेको स्रोतले दाबी छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments