ओमानसँग फेरि पराजित

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग—२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपालले दोस्रो हार भोगेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार खेलिएको खेलमा ओमानले घरेलु टोली नेपाललाई आठ विकेटले पराजित ग¥यो । गत बुधबार खेलिएको खेलमा पनि ओमानले नेपाललाई १८ रनले हराएको थियो ।

नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४९ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले ४७.२ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पूरा ग¥यो । ओमानका लागि अकिब इलियसले शतकीय र कप्तान जिसन मक्सुदले अर्धशतकीय पाली खेले ।

टोलीका लागि अकिब इलियसले अविजित एक सय नौ रनको योगदान गरे । जिसन मक्सुदले अविजित ६८ रन बनाए । टोलीको कुल स्कोर ८३ रन रहँदा दुई विकेट गुमाएको ओमानका लागि अकिब इलियस र जिसन मक्सुदले एक सय ६७ रनको साझेदारी गरे । जितेन्दर सिंह २३ र खावर अली ४१ रन बनाउँदै आउट भएका थिए । नेपाली बलर सुसन भारी र कुशल मल्लले एक÷एक विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पाली खेलेका थिए । ज्ञानेन्द्रले ५६ रन बनाएका थिए । उनले ७६ बल खेल्दै एक छक्का र ६ चौका पनि प्रहार गरे । पूर्वकप्तान पारस खड्काले ३८ रन बनाए । विनोद भण्डारीले ४७ बलमा पाँच चौकाको मद्दतले ३५ रन जोडे ।

ओमानका अकिब इलियसले चार विकेट लिए । उनी म्यान अफ दी म्याच पनि घोषित भए । मोहम्मद नदिमले पनि तीन विकेट हात पारे । आईसीसी विश्वकप क्रिकेट लिग—२ हालसम्म नौ खेल खेलेको ओमान १४ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । १० खेलबाट १२ अंक बटुलेको अमेरिका दोस्रो स्थानमा झरेको छ ।

अब माघ २८ गते अमेरिका र ओमन तथा २९ गते नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । लिग—२ शृंखला भनेको सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा पुग्ने बाटो पनि हो । प्रतियोगिताको समाप्तिपछि शीर्ष तीन टोली सीधै विश्वकप छनोट चरणमा पुग्नेछन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments