काठमाडौं : एपीएफ क्लबकी सरस्वती चौधरी र नेपाल पुलिस क्लबका कुलबहादुर थापा वर्षका उत्कृष्ट खेलाडी बनेका छन् । गत वर्ष आयोजना भएका प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उनीहरू उत्कृष्ट बनेका हुन् ।
नेपाल भलिबल संघको आयोजनामा भएको एनभीए अवार्डमा महिलातर्फ पुलिसकी उषा भण्डारी र त्रिभुवन आर्मी क्लबका शरणसामरी क्षत्री उदीयमान खेलाडी घोषित भए । महिलातर्फ एपीएफका ज्ञानेन्द्र विष्ट र पुरुषमा पुलिसका सरोज श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
महिलातर्फ एपीएफ र पुरुषमा नेपाल पुलिस क्लब २०७५ को उत्कृष्ट टिम घोषित भए । शनिबार आयोजित तेस्रो एनभीए अवार्डमा उत्कृष्ट टिमलाई एक लाख रुपैयाँ प्रदान गरिएको थियो ।
यसैगरी भलिबलबाट सन्न्यास घोषणा गरेकी कोपिला उप्रेतीलाई संघले नगद ५० हजार रुपैयाँबाट सम्मान ग¥यो । कोपिलाले २०६१ सालदेखि निरन्तर भलिबल खेल्दै आइरहेकी थिइन् । भलिबल खेलको विकासमा टेवा पु¥याएबापत न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक कुमार राईलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो ।
अवार्ड कार्यक्रमकै अवसरमा हालै बंगलादेशमा आयोजित एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपका स्वर्ण विजेता खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।