बामदेव नेकपा उपाध्यक्ष

काठमाडौं : वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष चयन भएका छन् । नेकपा केन्द्रीय समिति बैठकले सचिवालय सदस्य गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

गत बुधबारबाट राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरे लगत्तै  बामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments